नवलपुर २ को मतगणना सुरु

0
Shares

नवलपुर ।

नवलपुरको क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको क्षेत्र नं २ मा जम्मा ८५ हजार चार सय मत खसेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको क्षेत्र नं २ मा ४८ हजार तीन सय ८९ महिला, ३७ हजार १० पुरुष तथा एकजना तेस्रोलिङ्गी मतदाताले भाग लिएका थिए । जिल्लाको यस क्षेत्रमा एक लाख २९ हजार दुई सय ८० मतदाता रहेकामा ६६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । यहाँको क्षेत्र नं २ को मतगणना भने आज रातिदेखि हुने मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको भनाइ छ ।

लुइँटेलका अनुसार देवचुली–४ को मतदान केन्द्रमा मतदान सकिएपश्चात् त्यहाँको मतपेटिका मतगणनास्थलमा ल्याएपछि मतगणनाको तयारी गरिनेछ । मतपेटिका कावासोती आएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने लुइँटेलले बताउनुभयो ।