दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

0
Shares

दाङ ।

दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गर्नुभएको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।प्रतिनिधिसभा दाङ क्षेत्र नं २ को दिउँसो ४ बजेसम्मको दुई हजार सात सय ८० मतगणना गर्दा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले एक हजार चार सय ५० मतसहित अग्रता लिनुभएको छ ।

उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शङ्कर पोखरेलले आठ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गर्नुभएको छ । अहिले घोराही उपमहानगरपालिका– १५ र १९ तथा बङ्गलाचुली गाउँपालिका–२, ५ र ८ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।