सप्तरी २ मा सिके राउतको अग्रता कायमै


सप्तरी । 

सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार  सय दुई मत प्राप्त गरि अग्रता कायम गरेका हुन् ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्राप्त गरि तेस्रो स्थानमा  छन् ।

सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले दुई हजार दुई सय पाँच मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह नाै सय ८० मत प्राप्त गरि दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल नाै सय ३६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी कै २ (ख) मा जनमत पार्टीका महेश यादव एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन्।