मन्त्री अथकले गरे मतदान

0
Shares

कोहलपुर ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदान स्थलबाट पहिलो मतदान गरेका हुन ।

मतदान पछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वका लागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

बाँके क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद् भङ्ग नहुने विश्वास व्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।