निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

0
Shares

काठमाडौं । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु भएको छ ।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका बिल्टु राय र धनकुटाको साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी पवित्रा लिम्बूको मृत्यु भएको हो ।

सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्था र धनकुटा साँघुरीगढी–४ की मङ्सिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको भएको आयोगले जानकारी दिएको छ ।