आयोगद्वारा तीन मन्त्रीलाई नगद जरिवाना



काठमाडौं । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन जना मन्त्रीलाई नगद जरिवाना गरेको छ ।
आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलाई जरिवाना गरेको हो ।

आयोगले आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपियाँ जरिवाना गरेको छ । मतदाता प्रभावित गरेको कसूरमा उहाँलाई आयोगले जरिवाना गरेको हो । चौधरीले बाढीपीडितलाई राहतका नाममा चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले ५ हजार रुपियाँ जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई २५ हजार रुपियाँ जरिवाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार ? मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्