देउवाका प्रतिस्पर्धी सागर ढकाल बसे निराहार व्रत, ४ गतेसम्म केही नखाने

0
Shares

काठमाडौंं ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बसेका छन् । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै बस्ने घोषणा गरेका उनी आजदेखि डेल्धुराका‌ जनताका नाममा व्रत बसेको हुन् ।

उनको व्रत मंसिर ४ गते साँझ अर्थात् तीनदिनसम्म रहनेछ । ‘आज र भोलि मौनअवधि भयो । पर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु ।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रहसमेत गरेका छन्।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ।