सन्नीलाई पिरोल्यो पुरानो मुद्दाले

0
Shares

पूर्व क्यानेडियन पोर्नस्टार एवम बलिउड अभिनेत्री सन्नी लियोन आफ्नो कामका साथै निजी मामलाका कारण पनि बेला+बेला चर्चामा आइरहन्छिन्।

यसपटक पनि उनी एक निजी मामलाका कारण चर्चामा आएकी छन्। यसपटक भने उनीमाथि एक व्यक्तिले चार वर्षअघि गरेको उजुरी दर्ताका कारण चर्चामा छिन्।

उक्त व्यक्तिले चार वर्ष अघि प्रहरीको अपराध शाखामा एक कार्यक्रम प्रस्तुतिका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको र त्यसको उल्लंघन गरेको भन्दै उजुरी दर्ता गरेका थिए।

तर, सन्नीले भने उक्त आरोप झुठो भएको जनाउँदै आइरहेकी थिइन्। हाल भने सनी केरल हाइकोर्टसँग मद्दत माग्दै उक्त मुद्दा रद्द गराउने कोसिसमा जुटिरहेको भारतीय सञ्चार माध्मयले जनाएका छन्। समाचारमा जनाइएअनुसार उक्त उजुरीका कारण सन्नीले निकै नोक्सान झेल्नुपरेकाले उनी उक्त मुद्दा रद्द गर्नका लागि हरेक कोशिस गरिरहेकी छन्।

उजुरीमा सन्नीको मात्र नभई उनको पती तथा एक कर्मचारीको समेत नाम समावेश गरिएको छ। सन्नीका अनुसार उक्त मुद्दाबाट कुनै ठोस प्रमाण पनि नभेटिएको र अपराध शाखाको अनुसन्धान चलिरह™दा आफ्नो करिअरमा नकारात्मक प्रभाव परेकोले उनी छिद्मै यस मामलाबाट पार पाउन चाहन्छिन्।