जापानका उप-विदेशमन्त्री स्युनसुके निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउँदै

0
Shares

एजेन्सी । जापानका उप-विदेशमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने भएका छन्। जापानको विदेश मन्त्रालयले आज जारी गरेको सूचना अनुसार उनी संघिय र प्रदेश सभाको निर्वाचन पर्यवेक्षक प्रमुखको रुपमा नेपाल जान लागेका हुन् ।

‘नेपालमा नोभेम्वर २० तारिखमा हुन गैरहेको निर्वाचनलाई पारदर्शी,निष्पक्ष र शान्तपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो’विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ । जापानका तर्फ बाट निर्वाचन प्रयवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा उप-विदेश मन्त्री ताकेइलाई नेपालमा खटाइएको विज्ञप्तीमा जनाईएको छ ।

उप-विदेशमन्त्री ताकेइ १९ तारिख नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्नेछन्। २० तारिख निर्वाचन सकिए पछी उनी २१ तारिख भुटान र २४ तारिख बङ्गलादेश हुँदै २५ तारिख जापान फर्कने तालिका रहेको छ ।

जापानका उप-विदेशमन्त्री प्रमुख पर्यवेक्षकका रुपमा नेपाल जान लागेको टोकियो स्थित नेपाली दुतावसले पनि पुष्टि गरेको छ । ‘उप-विदेशमन्त्रीनेपाल जाने सूचना नेपाली राजदुतावासलाई पनि जानकारी भएको दुतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले जनाएका छन् ।