८४ वर्ष पूरा गरेका भारतीय सेनाका पूर्व जनरल मेहतासहित ११ जना सम्मानित

0
Shares

कास्की।

८४ वर्ष उमेर पूरा गरेका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहता सँगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ ।
२/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (माला काण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरूका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहता सँगै १०४ वर्षका राम प्रसाद गुरुङ गरी ११ जनालाई सम्मान गएिको थियो ।

आफना पल्टनका पूर्व सैनिक परिवारसँग आफ्नो ८४ औ जन्मोत्सव मनाउन मेहता पोखरा आएका हुन् । चार वर्ष अघि मेहताले आफ्नो ८०औँ जन्मोत्सव समेत पोखरामा मनाएका थिए । पोखरा महानगरपालिका ३२ लामे आहाल स्थित बुद्धिमान गुरुङको घरमा आफ्नो ८०औँ जन्मोत्सव मनाउने क्रममा मेहताले सोही दिन आफ्नो ८४ वर्षको जन्मोत्सव समेत पोखरा आएर मनाउने बताएका थिए । सन १९९३ मा अदितीसँग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा आई उनले बिहे समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न विषयमा स्नातक तह उत्तीर्ण गरेका सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको आयोजक २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए ।

आयोजक संस्थाका सचिव दल बहादुर गुरुङका अनुसार समितिले वर्षमा दुई पटक भि सि डेका अवसरमा २६ जुनमा र माला काण्ड डे का अवसरमा १० नेभेम्वर गरी वर्षको दुई पटक विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने गरेको छ ।

यस्तो छ मेहताको पोखरासँग सम्बन्ध

पोखरा आउँदा प्राय भारतीय पेन्सन क्याम्प राम जारमा बस्दै आएका मेहता विगत १०/११ वर्षदेखि लामे आहाल स्थित सुबेदार यामबहादुर गुरुङको घरमा बस्ने गरेका छन् । भारतीय सेनाको २/५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मेहता नेपाल आउँदा प्राय उनकै घरमा बस्ने गरेका छन् । गुरुङलाई छोरा मान्ने मेहता वर्षमा ३/४ पटक पोखरा आउने गरेका र आउँदा उनकै घरमा बस्ने गरेका छन् । मलाई बिहान बेलुका धेरै हिँड्न पर्छ पेन्सन क्याम्पमा बस्दा हिड्ने स्थान छैन तर लामेआहलमा बस्दा चारै तिर पहाड छ र हिँड्नका लागि सहज हुने गरेका कारण आफू लामे आहाल  आएर बस्ने गरेको मेहताले बताए । शाकाहारी खाना खाने उनले प्राय नेपाली खाना र साग सब्जी मन पराउने गरेको गुरुङ बताउँछन् ।