इंग्ल्यान्डसँग भारतको लज्जास्पद पराजय

0
Shares

काठमाडौं ।

भारत र पाकिस्तानबीचको ड्रिम फाइनल हुने संभावना भारतीय टोलीको हारसँगै अन्त्य भएको छ । अस्टे«लियामा जारी टी २० विश्वकप अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा भारतलाई इंग्लिस टोलीले नराम्रोसँग हरायो ।

भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले विनाविकेट क्षति १६ ओभरमै भेटायो । टोलीको जितमा ओपनर तथा कप्तान जोस बटलरले ८० रन र अर्का ओपनर एलेक्स हेल्सले ८६ रन बनाए । फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ ।
भारतको ठूलो गल्तीहरु

१. अर्शदीपलाई दोस्रो ओभर नदिनु
पावरप्लेमा अर्शदीपले एक ओभरमा ८ रन दिए । चार बलरहरुमा उनको सबैभन्दा किफायती औसत थियो । कप्तान रोहित शर्माले उनलाई दोस्रो ओभर फ्याल्न नदिनु गल्ती थियो ।
२. भुवनेश्वर र अक्षरको बलिङ कमजोर
भुवनेश्वर कुमारको बलिङ स्विङ भएको थिएन । उनले २ ओभरमा २५ रन र आर अश्विनले २ ओभरमा २७ रन दिनु इंग्लिस ओपनरका लागि ब्याटिङ गर्न सहज भएको थियो । यस्तै अक्षर पटेलले छोटो छोटो बल फ्याँक्दा उनीहरुले झनै खुलेर खेल्न थाले ।
३. केएल राहुल छिटै आउट
दोस्रो ओभरमै केएल राहुलको विकेट क्रिस वोक्सले लिएका थिए । बाहिर गएको बललाई उनले विकेटकीपरको हातमा थम्याइदिएर पभेलियन फर्केका थिए । यहीबाट भारतमाथि दवाव बढेको थियो ।
४. रोहित आउनु हुनु
रोहित २७ रन बनाएर नवौं ओभरमा आउट भएका थिए । उनको ब्याट चल्न थालेपछि आउट भएका थिए । उनी आउट हुँदा ८.३ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन मात्रै बनेको थियो । उनी अझै ५÷६ ओभरसम्म टिक्नु पर्ने थियो ।
५ हेल्सको आक्रामकको समाधान नखोज्नु
भारतीय बलिङ ध्वस्त बनाउनुमा हेल्सको ठूलो योगदान थियो । उनले ७ छक्का र ४ चौका प्रहार गरे । उनलाई आउट गर्न भारतीय टोलीले समाधान खोज्न सकेन ।