मतदाता रिझाउन पिठो कुट्दै, हलो जोत्दै, ढोग्दै

0
Shares

बाजुरा । 

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरू यति बेला बाजुराका गाउँगाउँ पसेका छन् । घरदैलो भेटघाट अभियानमा रहेका नेता उम्मेदवारले आ–आफ्नो कला प्रदर्शन गरेका देखिन्छन् ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका लालबहादुर थापाले गत साता त्रिवेणी नगरपालिकाको गाउँगाउँमा घरदैलो अभियान गरे । अभियानकै क्रममा थापाद्वय ओखलमा पिठो कुटाइ दो-याफो-या दुई तीन जनाले एकसाथ ओखल कुट्नु) लगाएर दर्शक तथा मतदातालाई मनोरञ्जन दिलाएको पmोटो सामाजिक सञ्जालमा भाइरल भयो ।

उता खप्तड क्षडेदहमा प्रचारमा पुगेका प्रदेश सभा सदस्यका उम्मेदवार लालबहादुर थापाले एक वृद्धा महिलालाई नेकपा एमालेलाई मत दिनु वृद्धभत्ता पाँच हजार पु-यादिन्छु भन्ने भिडियो पनि सार्वजनिक भएको थियो ।

उम्मेदवार थापाले नै किसानको खेतमा गएर एकछिन् हलो जोतेको तस्वीर पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्रीप्रसाद पाण्डेले गत साता बूढीगंगा नगरपालिकाको घरदैलोमा पुुगेर एक वृद्धसँग आशीर्वाद लिन खुत्रुक्कै निहुरिएको तस्वीरले पनि सामाजिक सञ्जालमा निकै चर्चा पायो । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार पदमबहादुर शाही गाउँमा गएर म तपाईंहरूकै सेवक हुँ, सधैं मलाई हराउन नखोज्नुस् एकपटक जिताइदिनु भन्दै मतदातालार्ई प्रफुल्ल बनाउँदै आफ्नो पक्षमा मत मागिरहनुभएको छ ।

हिजोआज प्रतिनिधिसभाका उम्मेदवार प्रदेश २ (ख) मै व्यस्त छन् । मंगलबार दिउँसो गौमुलमा गठबन्धन सभालाई सम्बोधन गरी कांग्रेसका उम्मेदवार पाण्डे प्रदेश (क) कुण्डा क्षेत्र पस्ने कांग्रेस सचिवालय सदस्य तालबहादुर रावतले बताउनुभयो ।नेकपा एमालेको प्रचार टोलीले मंगलबार बूढीगंगा नगरपालिकाको घरदैलो अभियान सकाएर खप्तड क्षडेदहमा पसेको एमाले प्रचार विभाग सदस्य कृष्ण ओलीले बताउनुभयो । प्रदेश २ (ख) मा कांग्रेस अघिअघि एमाले पछिपछि प्रचारमा छ भने प्रदेश १ (क) मा एमाले अघिअघि कांग्रेस पछिपछि प्रचारमा छन् । राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जंगकुमार गिरीले पनि सुस्तसुस्त चुनाव प्रचार गर्नुभएको छ ।

प्रदेश (क) मा एमालेका बल्देव रेग्मी, माओवादीका कर्ण विक र समाजवादीका नरेशबहादुर शाहीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनधारी बीच आपसमा सहमति नभएपछि बल्देव रेग्मीसँग शाही र विक दुुई जना टुक्रिने भएका छन् । प्रदेश (ख) मा पनि संघीय सांसदबाट प्रदेश सभाको उम्मेदवारमा झरेका लालबहादुर थापा र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेका पदमबहादुर शाहीबीच पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । लालबहादुर थापाको गौमुल पक्कड मानिन्छ भने पदमबहादुरका क्षडेदह गाउँपालिका र त्रिवेणी नगरपालिका पक्कड मानिन्छ । प्रतिनिधि सभा सदस्यका लागि पनि बाजुराका कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाबीच निकै रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

विगतमा चुनावताका गरिने बृहत् सभा समारोह यति बेला बाजुरामा भएका छैनन् । नेकपा एमालेले उम्मेदवारी दर्ता गराएकै दिनदेखि घरदेलो अभियान शुरू गरेको छ भने नेपाली कांगे्रसले हप्ता दिनपछि मात्र चुनावी सरगर्मी बढाएको छ । यसैबीच उम्मेदवारको घरदैलोसँगै नेताकार्यकर्ता पार्टी फेरबदल गर्ने क्रम पनि बढेको छ । सोमबार मात्र कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेको गृहपालिका हिमाली गापा बच्छ्याँ र किउडीका गाउँका एमालेका एक सय पचास बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय शंकलाल रोकायले बताउनुभयो ।

त्यसै गरी बूढीगंगा र त्रिवेणी नगरपालिकाबाट गाउँ स्तरका विद्यार्थी नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् भने एमालेले बूढीनन्दा नगरपालिकाका सिराडी र जगन्नाथ गाउँपालिकाका दर्जन बढी कांग्रेस, माओवादी कार्यकर्ता एमालेमा प्रवेश गराएका छन् । ‘प्रचारमा जसले जेजस्तो विधि अपनाए पनि मतदाता सबै विवेकी भइसकेका तथा नेताले विगतमा गरेका क्रियाकलापको आधारमा आफ्नो विवेक प्रयोग गर्ने बूढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोजराज गिरीले बताउनुभयो ।