रसुवाको तीन पालिकामा नमुना मतदान 

0
Shares

रसुवा।

बदर मत न्यूनिकरण गर्ने उदेश्यले रसुवामा नमुना मतदान सुरु  भइसकेको छ । मङ्सिर  ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन लाई लक्षित गरी निर्वाचन कार्यालय रसुवाले नमुना मतदानको अभ्यास गरेको हो ।

जिल्लाका प्रत्येक  पालिकामा बदर मत कम गर्ने लक्ष्य  अनुरूप जिल्ला निर्वाचन कार्यालयको समन्वयमा नमुना मतदान  अभ्यास गरिएको निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा नमुना मतदान गर्न नसक्दा मत बदर धेरै हुन सक्ने भएकाले यस पटक न्यूनीकरण का लागि यो कार्यक्रम राखिएको थापाले बताउनुभयो ।

निर्वाचन अधिकारी थापाका अनुसार आमाछाेदिङमाे गा,पा गोसाईंकुण्ड गा,पा र नाैकुण्ड गाउँपालिकामा नमुना मतदान गरिसकिएको र उतरगया र कालिका गा,पा मा पनि नमुना मतदान गरिनेछ ।पाँच गाउँपालिका र २७ वटा वडा एक निर्वाचन क्षेत्र भएको रसुवा मा ३९ हजार भोटरहरू रहेका छन् ।

निर्वाचन मा जनतालाई मतदान गर्ने अभ्यास र मतदान बदर कम होस भन्ने उद्देश्य ले नमुना मतदान अभ्यास गरिएको बताइएको छ ।