हतियारसहित शिकारी पक्राउ

0
Shares

काठमाडौं ।

बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ ।

मंगलबार कोहलपुर नगरपालिका वडा नं. १३ का अवैध शिकार गरिरहेका दुई जनालाई भरुवा बन्दुक नाल-२ सहित  पक्राउ गरिएको सेनाले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको छ।