अवको सरकार गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

0
Shares

सल्यान।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मङसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र अवको सरकार गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

अर्को गठबन्धन सँग कुनै एजेन्डा नभएकाले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन विचको लडाई भएको बताउनु भयो । चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नु भएका प्रचण्डले सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दैे केपी ओलीले जनताको त्याग तपस्या र बलिदानवाट प्राप्त संविधान मिच्नुका साथै ब्यवस्थालाई ध्वस्त गर्न थालेपछि वाम लोकतान्त्रिक गठवन्धन वनाउनु परेको बताउनु भयो ।

ओली बहुमत नै ल्याउछु भनेर हिडिरहेपनि यर्थाथ र तत्थमा जाँदा त्यस्तो नभएको बताए । यस अघि जनताले वहुमत दिंदा पनि सरकार चलाउन छोडेर संसद विघटन, संविधान मिच्ने काम गरेकाले अहिले पनि वहुमत भनेर हिडनु लाजको बिषय भएको बताउनुभयो । पहिले वाम गठबन्धन गर्दा त्यसको प्रस्ताव आफूले गरेको र आम जनता कार्यकर्ताले समर्थन गरेको र दुई तिहाई आएको सरकारलाई ओलीले नै टिकाउन नसकेको उहाँले आरोप लगाउनु भयो ।

अर्को फरक प्रशंगमा अध्यक्ष प्रचण्डले आफूले प्रधान्मत्रीका लागी मरीहत्य नगर्ने तर अवसर आए पछि नहटने बताए । प्रधामन्त्रीका लागि गठबन्धन भित्र विवादको बिषय नहुँने र प्रतिगमनकाबिरुद्ध गठबन्धन भएको बताउनु भयो ।