ऋतिक र निशनको जोडीलाई उपाधि

0
Shares

काठमाडौं ।

ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा उपाधि जितेको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बन्यो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जित्यो । फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६–१ र ६–३ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो । यू–८ गल्र्सको उपाधि सारा पन्तले थिया श्रेष्ठलाई १०–२ र १०–५ ले पराजित गरिन् ।

यू–१० को ब्वाइजतर्फ सुजन कुइकेल र गल्र्समा साल्भी शेरचनले उपाधि जिते । सुजनले फाइनलमा युभेनमान श्रेष्ठलाई ६–१ र ६–०ले तथा साल्भीले मेरिशा थापालाई ६–० र ६–१ले पराजित गरेका थिए । यू–१२ गल्र्सको उपाधि शिभाली गुरुङले फाइनलमा स्वस्तिका विष्टलाई ३–६,६–३ र ६–४ले हराइन् । प्रतियोगिताअन्तर्गत नै यू–८ ब्वाइजमा आर्यशराज पौडेल र सभ्यजङ कार्कीले फाइनलमा स्थान पक्का गरे ।