प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै



काठमाडौँ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ।

प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई फेरि अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।

प्रतिक्रिया दिनुहोस्