सुनचाँदीको मूल्य घट्यो

0
Shares

काठमाडौँ ।

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपियाँले घटेर ९४ हजार ३ सय रुपियाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपियाँले घटेर १२ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।