मायाको रंग हुँदैन

0
Shares

सामाजिक कथामा निर्मित फिल्म निरमायाको मायाको रंग हुँदैन बोलको गीत सार्वजनिक भएको छ। धर्मेन्द्र सेवान र रेखा शाहको स्वर, उत्तम भेटुवालको शब्द रचना र रिमेश कुमारको संगीत रहेको गीतको भिडियोमा यसका मुख्य कलाकार जेबी डिसी, अजित लामिछाने, प्रतीक्षा रिजाल र समृद्धि पौडेल फिचर्ड छन्।

परिवर्तन आफैंबाट सुरु गरौँ, समाज स्वतः बदलिनेछ भन्ने मूल भाव बोकेको फिल्म पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा मदानी मुभिजको ब्यानरमा निर्माण गरिएको हो। नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दा उठाइएको फिल्म अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुतिमा रोजा तिमल्सिना र रमेश दाहालले निर्माण गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका छन्।

रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतीक्षा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन, कमल अधिकारी र रिमेश कुमारको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, रवि कोइराला र जीवन पराजुलीले छायांकन तथा उत्तर राना मगर र तारा थापा ञकिम्भेुको सम्पादन रहेको छ।