भाग खोसिने भएपछि नयाँ लाइसेन्स रोक्न पुराना ब्रोकरको चलखेल

0
Shares

काठमाडौं । 

एकाधिकार तोडिने भएपछि केही मुठ्ठीभर धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूले नयाँ व्यवसायीलाई बाटो छेक्ने प्रयत्न गरेका छन् । वर्षौंदेखि रहेको आफूहरूको बर्चस्व खोसिने भएपछि कानुन व्यवसायीलाई प्रयोग गरी उनीहरू कानुनी दाउपेजमा लागेका हुन् ।

धितोपत्र कारोबारको बजार विस्तार हुँदा लगानीकर्ताहरूको संख्या पनि वृद्धि हुँदै गएको छ । सेयर कारोबारको पहुँच र बढ्दै गएका लगानीकर्तालाई सहज सेवा प्रदान गर्न सरकारले ब्रोकर संख्या बढाउने प्रक्रिया अगाडि बढाएको थियो । तर, निर्वाचनका बेला लाइसेन्स खुलेको लगायतका तर्क दिँदै सेयर कारोबारमा हालीमुहाली गर्दै आएका ब्रोकरहरूको उस्काहटमा नयाँ लाइसेन्सको विषयलाई अदालत पु¥याइएको छ ।

सर्वोच्च अदालतमा नयाँ ब्रोकर लाइसेन्ससम्बन्धी सुनुवाई कार्तिक २२ गते रहेको छ । अदालतले यस विषयमा आफ्नो फैसला गर्ने नै छ । तर, उक्त विषयलाई अदालतसम्म पु¥याउनुका पछाडिको रहस्य भने केही ब्रोकरहरूको उस्काहट नै प्रमुख कारण रहेको स्रोतको दाबी छ ।आफूहरूको हालीमुहाली रोकिने भएपछि कानुनको साहारामा गरिएको हथकन्डा मात्र हो स्रोतले भन्यो–‘विगतमा २–४ लाख लगानीकर्ता हुँदा रहेको संरचना र ब्रोकर संख्याबाट अहिले आधा करोडभन्दा बढी संख्यामा रहेका लगानीकर्तालाई सहज सेवा पु¥याउन नसकिने भएपछि सरकारले नयाँ लगानीकर्ता र नयाँ स्टक एक्सचेन्ज थप्न लागेको हो ।’

आसन्न आमनिर्वाचनमा सबै प्रमुख राजनीतिक दलले पुँजी बजारलाई आफ्नो मुख्य आर्थिक एजेन्डाभित्र राखेका छन् । अहिले ५४ लाखको संख्यामा रहेका लगानीकर्ता भोलि करोडको संख्यामा पुग्लान् । सवा २ सयको संख्यामा रहेका सूचीकृत कम्पनीहरू भोलिका दिनमा ५ सय पुग्यो भने अहिलेको संरचनाले नपुग्ने भएकाले नै सरकारले नयाँ ब्रोकर थप्न लागेको स्रोतको भनाइ छ । एकातिर पुँजी बजार विस्तारका एजेन्डा पनि अगाडि सार्ने अर्कोतिर बजारलाई प्रतिस्पर्धी, दायित्व वहन गर्न सक्ने बनाउनबाट रोक्न खोज्नु दोहोरो चरित्र भएको स्रोतको तर्क छ ।

चक्रपथभित्र सीमित रहेको पुँजी बजार अहिले विस्तार हुँदै अन्य शहरी क्षेत्र पुगेको छ । भोलिका दिनमा अझै विस्तार हुन्छ । त्यतिबेला अहिलेका ब्रोकर र उनीहरूको पुँजी पर्याप्त नरहेको विज्ञहरूको जोड छ ।अर्बौंको कारोबार गर्ने, करोडौं नाफा गर्ने तर पुँजी भने २ करोड रुपियाँ मात्र रहने विद्यमान व्यवस्थालाई सरकारले संशोधन गर्दै हैसियत अर्थात कार्यक्ष्ँेत्रका आधारमा चुक्ता पुँजी तोकेको छ ।

यसलाई केही ब्रँेकरले गलत व्याख्या गरेका छन् । अर्कोतिर लाइसेन्स प्रक्रियामा जाँचको व्यवस्था हटाउनुलाई कतिपयले गलत व्याख्या गरेको स्रोतको भनाइ छ । यहाँ कयौं बैंकहरूले आफ्नो सहायक कम्पनीका रूपमा ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् ।त्यहाँ जाँच दिन को जाने ? सर्वसाधारणको अर्बौं रुपियाँ परिचालन गर्ने बैंक खोल्न जाँच चाहिँदैन, मानिसको जीवनसँग जोडिएको अस्पताल खोल्न जाँच लिइँदैन भने ब्रोकरका लागि लाइसेन्स आवश्यक नरहेको आर्थिक क्ष्ँेत्रका विज्ञहरू भनाइ छ ।

‘हरेक क्षेत्र आफ्नो विधि प्रक्रिया र कानुनअनुसार चल्ने हो । लगानीकर्ता आफैंले सबै काम गर्ने होइन । दक्ष जनशक्ति राखेर लगानीकर्ताले आफ्नो उद्योग चलाउने हो विधिसम्भवत तरिकाले चलेको नलचेको हेर्ने काम नियमक निकायले गर्छ । बजारलाई खुल्ला छोडे मात्र विस्तार हुन्छ । संकुचित बनाउनु हुँदैन ।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै अर्थविज्ञहरूले भने ।स्रोतका अनुसार ब्रोकर नम्बर ४५, ४९, ५०, ५१, ५७ र ५८ का सञ्चालकहरू नयाँ ब्रोकर लाइसेन्स रोक्न प्रत्यक्षरूपमा लागेका छन् । आधा दर्जन ब्रोकरको वार्षिक कमाइ प्रतिकम्पनी ९२ करोड रुपियाँमाथि भएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ ।

‘२ करोड रुपियाँ लगानी गरेका ब्रोकरको कमाइ अर्ब हाराहारी भएपछि उनीहरूले नयाँ ब्रोकरलाई बजार आउन दिने कुरै भएन।’ स्रोतले भन्यो ।त्यस्तै, नेपाल स्टक एइक्सचेन्ज (नेप्से)को नेतृत्वलाई हातमा लिएर गोप्य सूचनामार्फत बजार आफूअनुकूल चलाइरहेका केही व्यक्ति पनि नयाँ लाइसेन्स रोक्न लागिपरेका छन् ।नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्सका लागि असोज ३१ गतेसम्मको म्याद राखेर आवेदन माग गरेपछि नयाँ ब्रोकर कम्पनीका लागि आवेदन दिने सबै कम्पनीलाई लाइसेन्सका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिफारिस गर्ने निर्णय गरेको थियो ।

ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरिएको थियो  । जसमा पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुर, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन्  । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली (पाँचौं संशोधन) २०७९’ मार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ब्रोकर छान्ने अधिकार संशोधन गरी बोर्डमा दिइएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार अब स्टक ब्रोकरको लागि न्यूनतम चुक्तापुँजी २० करोड रुपियाँदेखि अधिकतम् १५० करोड रुपियाँसम्म रहेको छ । ३ प्रकारका ब्रोकर हुनेछ । सामान्य सेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै मार्जिन लेन्डिङ, एड्भाइजरी सेवासमेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपियाँ र आफ्नै नाममा सेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपियाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले पनि वि.सं. २०८२ असार मसान्तसम्म तोकिएबमोजिमको चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ । नेप्सेले ४५ वटा नयाँ कम्पनीले आवेदन दिएपछि नेपाल धितोपत्र बोर्डसमक्ष्ँ लाइसेन्सका लागि सिफारिस गरेको छ । जसअनुसार नबिल बैंक सहायक कम्पनीका रूपमा रहेको नबिल सेक्युरिटिज कम्पनीले १५० करोड रुपियाँ चुक्ता पुँजीसहित आवेदन दिएको छ ।

त्यस्तै, ६० करोड रुपियाँ चुक्ता पुँजीसहितको ब्रोकर कम्पनीको लागि तीन वटा कम्पनीले आवेदन दिएका छन् । जसमा मेगा स्टक मार्केट, सेञ्चुरी सेक्युरिटिज र हिमालयन सेक्युरिटिज रहेका छन् । बाँकी सबैले २० करोड रुपियाँ हाराहारी चुक्ता पुँजी रहेका ब्रोकर लाइसेन्सको लागि आवेदन दिएका छन् ।नयाँ स्टक ब्रोकरका लागि सिफारिस भएकाहरूमा भोले गणेश सेक्युरिटिज २१ करोड रुपियाँ चुक्ता पुँजी, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, कलश सेक्युरिटिज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, हिमालयन ब्रोकरेज कम्पनी २३ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

त्यस्तै, एनएमबी सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, केबीएल सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, प्रोपर्टी विजार्ड २० करोड रुपियाँ चुक्ता पुँजी, सेयर प्रो सेक्युरिटिज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, माछापुच्छे सेक्युरिटिज २३ करोड रुपियाँ चुक्ता पुँजी, एनआईसी एसिया सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, सन सेक्युरिटिज प्रालि २५ करोड रुपियाँ चुक्ता पुँजी, पाही इन्भेस्टमेन्ट प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, मियो सेक्युरिटिज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

यसै गरी, एलिट स्टक हाउस २० दशमलव ८० करोड रुपियाँ चुक्ता पुँजी, इन्फिनिटी सेक्युरिटिज २५ करोड रुपियाँ चुक्ता पुँजी, इन्डेक्स सेक्युरिटिज २२ करोड ५ लाख रुपियाँ चुक्ता पुँजी, जेबीएनएल सेक्युरिटिज २० करोड रुपियाँचुक्ता पुँजी, प्रभु स्टक मार्केट क्यापिटल २० करोड रुपियाँ चुक्ता पुँजी, आरबीबी सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, एसपीएसए सेक्युरिटिज ३० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

त्यस्तै, शुभकामना सेक्युरिटिज प्रालि २० करोड रुपियाँचुक्ता पुँजी, ट्रेडमो सेक्युरिटिज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, सानिमा सेक्युरिटिज २० करोड रुपियाँचुक्ता पुँजी, आकाश भैरव सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, क्यापिटल हब प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, गरिमा सेक्युरिटज २० करोड रुपियाँ चुक्ता पुँजी, स्टक्स्कार्टस् सेक्युरिटिज २१ करोड रुपियाँ चुक्ता पुँजी, हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, सीबीआईएल सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, इगल स्टक इक्युटी प्रालि २० करोड रुपियाँ चुक्तापुँजी, सनराइज सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, इन्दिरा सेक्युरिटिज प्रालि २० करोड रुपियाँचुक्ता पुँजी, सजिलो ब्रोकर २० करोड रुपियाँ चुक्ता पुँजी, मिल्की वे सेयर ब्रोकर २० करोड रुपियाँ चुक्ता पुँजी, ब्लुचिप सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी, बेनी सेक्युरिटिज प्रालि २० करोडरुपियाँ चुक्ता पुँजी, रोडशो सेक्युरिटिज २० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

यसैगरी सिजी इन्भेस्टमेन्ट २८ दशमलव ५० करोड रुपियाँ चुक्ता पुँजी, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालि २० करोड रुपियाँचुक्ता पुँजी, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि २० करोड रुपियाँ चुक्ता पुँजी, एप्पल सेक्युरिटिज २० करोड रुपियाँ रहेको छ ।

नेप्से ४३ अंकले बढ्यो

काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ४३ दशमलव २० अंकले बढेर १ हजार ९६५ दशमलव ३६ बिन्दुमा पुगेको छ । २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपियाँमा कारोबार भएको छ । यस दिन सामूहिक लगानी कोषबाहेक १२ वटा समूहको परिसूचक बढेका छन् ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार रुपियाँ पुगेको छ । यस दिन मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतले कमाएका छन् ।