प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

0
Shares

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले रुपन्देही जिल्ला, बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वाटर, कैलाली जिल्ला, तेघरीस्थित श्री सुदूर पश्चिम पृतना हेडक्वाटर तथा दाङ्ग जिल्ला, भरतपुरस्थित श्री रणसिंहदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

आज (आइतबार) निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हेडक्वाटरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाको साथै गणको वस्तुस्थितिका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनु भएको थियो ।

निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त पृतना हेडक्वाटर तथा गणका सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।