एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : केपी ओली

0
Shares

धादिङ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने बताउनु भएको छ ।

नागढुँगा सुरुङमार्गको निरीक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो ।आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेकोउहाँले बताउनुभयो।

चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग समेत धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकोले विकासको यो निर्माण गर्ने जिम्मा समेत एमालेले लिएको बताउँदै अध्यक्ष ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गर्नुभयो ।

धादिङको समस्याको रुपमा रहेको श्री ५ को बायुगुठी समस्यासमाधान गर्न आफू लाग्ने बताउँदै ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीको स्वागतका लागि आयोजित कार्यक्रममा ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहोकोले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह समेत गर्नु भयो । पार्टी छाडेर जानुभएका नेत्र पौडेललाई धेरै अवसर रहेकोले पार्टीमै फर्कन समेत उहाँले अनुरोध गर्नुभएको छ ।

उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमि त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य लगायतले स्वागत गर्नुभएको थियो ।