आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

0
Shares

बाजुरा । बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । आज (आइतबार) बिहान ८ः३० बजे ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।

आज बिहान सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो । स्थानीय शुशीला थापाको अनुसार बिजुलीको तार सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

बिहान ७ बजेर १८ मिनेटको समयमा घरमा आगोको मुस्लो बजारमा धपक्क छाएपछि स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार जिल्लामा दमकलको सुविधा नहुँदा मान्छेबाट आगो नियन्त्रणमा लिन निकै नै समय लागेको थियो । करिब २ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

तीन तले घरको तल्लो तल्लाबाट सल्केको आगोले पुरै घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घर मालिक सो घरमा नबस्ने भएकेले घरमा विद्यार्थीहरु मात्र भाडामा लिएर बसेका थिए ।