अब गोरखामा इतिहास रचिन्छ भन्नेमा ढुक्क छु : अब्दुस मियाँ

0
Shares

काठमाडौँ।

मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा अहिले देश होमिएको छ । दलहरु आफ्ना एजेन्डा भन्दा पनि बिपक्षीलाई गाली गर्न ब्यस्त देखिन्छन । राजनीति प्रति चासो राख्नेहरु यस पटकको निर्वाचनलाई नजिकबाट निहाली रहेका छन ।

२०४६ सालको परिर्वतन पछि मुलुक बनाउन भन्दा दलहरु आफ्नो स्वार्थ पुरा गर्न लागेको भन्दै जनतामा आक्रोस समेत पैदा भएको छ भने केही युवाहरु आफुले देश बनाउन सक्ने स्वघोषणा गर्दै यस पटकको निर्वाचनमा होमिएका छन । तर दलहरु भने आफ्ना एजेन्डा जनतामा लैजानु भन्दा पनि बिपक्षीको बिरोध गर्न व्यस्त भएको देखिन्छ ।

दलहरु एजेन्डा बिहिन बन्दै गएको र दशकौं देखि एउटै व्यक्ति पटक पटक सांसद, मन्त्री, प्रधानमन्त्री भइरहेका छन तर उनीहरुले मुलुकको लागि केही दिन सकेको देखिदैन । नेताहरुले लिन मात्रै जाने दिन जानेन त्यही भएर अहिले दलहरुप्रति आक्रोश बढेको राजनीतिशास्त्री मित्रलाल शर्मा बताउनुहुन्छ ।
उनी भन्छन् – मुलुक जसरी अगाडि बढ्नु पर्ने थियो हामी कहां राजनीति यती सम्म बिग्रियोकी आफ्नै दलका नेतालाई टिकट दिंदा घुस लिने परिपाटीको बिकास भयो अनी कहांबाट दलप्रति जनताको आसा र भरोसा जग्छ ।

अहिले ठुला भनिएका दलहरुले सेटिङ गरेर आफ्नो क्षेत्र सुरक्षित गरेको आरोप लाग्दै आएको छ । दलहरुमा पनि युवाको आकर्षण भने घटेको देखिदैन ।
लाखौं युवाहरु अहिले दलीय राजनीतिमा आवद्ध भएर चुनावमा होमिएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको संसदीय निर्वाचन क्षेत्र डडेलधुरा र गोर्खा दुईबाट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को क्षेत्र अहिले चर्चामा रहेको छ ।

देउवालाई उनकै पुराना कार्यकर्ता कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिएका छन भने गोर्खा एमालेबाट उम्मेदवार बनेका युवा अब्दुस मियाले चुनौती दिएका छन ।

आफ्नो निर्वाचन क्षेत्र चितवन ३ छोडेर गोर्खा तर्फ लाग्नु भएका प्रचण्डका प्रतिस्प्रर्धी मिया अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छन । उनलाई अहिले सामाजिक संन्जालले यती पच्याएको छ की उनलाई चुनावी अभियानमा सहभागी हुन पनि भ्याई नभ्याई भएको छ ।

गोर्खाको पालुङटारमा रहेका मियासँग टेलिफोन संवाद गर्ने लामो प्रयत्न पछि उनी सम्पर्कमा आए । म अहिले चुनावी अभियानमा छु साथीहरुको साथ सहयोगले यस पटकको निर्वाचन आफ्नो पक्षमा आउने दावी गरेका मिया भन्छन् – प्रचण्डसंग कुनै मिसन, भिजन छैन, यो क्षेत्रलाई सुरक्षित देखेर उहां आउनु भएको होला तर गोर्खाली नेताले प्रचण्डलाई राम्रोसंग चिनेका छन ।

तपाई त भर्खर राजनीतिमा प्रवेश गरेको मान्छेले मुलुककालागि त्यत्रो योगदान गरेको व्यक्तिसंग चुनाव लड्दै हुनुहुन्छ बिजय कसरी संभव छ भन्ने प्रश्नमा मियाले भने यो गोर्खा हो नेपालको एकिकरणको अभियान शुरु भएको जिल्ला हो यो म यो माटोमा जन्मि हुर्किको मानिस हुं मैले गोर्खाको समस्या के हो के गर्नु पर्दछ र गर्छु भन्ने प्रण जनतासंग गर्दै आएको छु ।

अर्को तपाईको प्रश्न माओवादी नेता प्रचण्ड प्रति लक्षित होला उहांले हिजो के गर्नु भएको थियो गोर्खाकालागि त्यो हेर्न जरुरी छ । हिजो पृथ्वीनाराण शाहको सालिक तोडफोड गर्ने र सालिकमा मुत्दै हिड्ने मान्छेबाट गोर्खाली जनताले कुनै आसा र भरोसा राखेका छैनन मियाले भने ।

तपाईको उम्मेदवारी केका लागि भन्ने प्रश्नमा मियाले भने –गोरखाको बारेमा रहेर कुरा गर्दा देशको उत्कृष्ट १० मध्ये एक–एक वटा कलेज, अस्पताल, उद्योग स्थापना गर्न चाहन्छु । उनले भने –गरिबी उन्मुलनका लागि आजसम्म कति योजना चलाइए ? काम हुन सक्यो त ? गरीबी उन्मुलनका लागि संसारका केहि देशले अपनाएर अगाडि ल्याएका मोडललाई म अघि बढाउने सोचमा छु । गरीबी उन्मुलन गर्ने नेपालको लक्ष्य हो भने चीन वा अन्य मुलुकले गरेका बिकास मोडललाई लागू गर्नु पर्दछ भनेर नयाँ कुरा संसदमा म उठाउँछु ।

गोरखाको प्रतिनिधि को ? भन्दा अब्दुस कि प्रचण्ड भनेर यहाँका जनताले बुझेका छन् । अब्दुस मियाँ चाहिँ अबको २५ वर्ष गोरखाको प्रतिनिधि बन्छु भन्ने पात्र हो । अर्कोतर्फ प्रचण्ड चाहिँ यो पटकलाई म गोरखा आइदिएको भनेजस्तै हो भन्दै मियाँले भने गोरखाको वर्तमान र भविष्य पनि म नै भएकाले म मेरा प्रतिस्पर्धीभन्दा बलियो नै छु ।

अंकगणितको कुरा गर्ने हो भने पनि मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, उहाँको पार्टी माओवादीको मत २२ हजार करिब छ । तर, माओवादी विपरीत मत चाहिँ ४३ हजार मत छ । यसकारण मेरो लक्ष्य चाहिँ ४३ हजार मत हो । उहाँले जति बल लगाएपनि उहाँको पुँजी भनेको यहाँ २२ हजार मतमात्र हो । अंकगणितको आधारमा पनि म नै बलियो छु । त्यसैले मैले जित्ने आधार छन्, र यिनै आधारले अब गोरखामा इतिहास रचिन्छ भन्नेमा म ढुक्क छु मियाँले भने ।