नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु

0
Shares

काठमाडौँ।

नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा सैनिक अभ्यास  ‘सूर्य किरण’ आजबाट शुरु गरेका छन्। रुपनदेहीको सालझण्डीमा उक्त सैनिक अभ्यास  शुरु भएको हो।

प्रधान सेनापति प्रभुराम शर्माले उक्त संयुक्त सैन्य  अभ्यासको उद्घाटन गर्नु भएको हो।

सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त अभ्यासमा भारतीय सेनाका उच्च सैन्य अधिकारीसहितको एक कम्पनी त्यहाँ आइपुगेको छ।

लामो समयदेखि नेपाल र भारतका सैन्य आधिकारीहरुबीच उक्त सैन्य आभ्यास हुँदै आएको छ।