भिडियोमा माया जुनकिरी

0
Shares

लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका बेनिशा पौडेलको स्वरमा ए माया जुनकिरी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

अभिनेता आकाश श्रेष्ठको जन्मदिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा आकाशका साथमा अनुषा अधिकारीको जोडी बाँधिएको छ। गीतमा गोविन्द कँडेल ‘आँशु’ को शब्द रचना र दीपक शर्माको संगीत रहेको छ।

सुरज अधिकारीद्वारा संगीतबद्ध गीतमा राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। भिडियो रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।