प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

0
Shares

काठमाडौं ।

दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणाले गरिन् ।

यस्तै, विशेष अतिथि तथा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सूर्यभूषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तरण गरेकी थिइन् । प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान बनायो । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाकओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सतर्फ नै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात विकको जोडीलाई ६–० र ६–३ ले हराएर अन्तिम चारमा स्थान बनायो । त्यस्तै ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६–३ र ६–२ ले हराएर अन्तिम चारको यात्रा ग-यो । केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६–२ र ६–२ ले हराएर अन्तिम चारमा स्थान पक्का ग-यो ।

यू–१४ ब्वाइजमा अद्रित नेपालले साश्वत बज्राचार्यलाई, बृजेश अर्यालले स्पन्दन उदास र एड्रिन थापाले अम्बक आचार्यलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरे । यू–१४ गल्र्समा अदिति पराजुली, नाला मास्के, समृद्धि महर्जन र स्वस्तिका विष्टले अन्तिम आठमा यात्रा गरे ।प्रतियोगिता महिला÷पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार नगद पाउने जनाएको छ । महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार नगद पाउनेछन् । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पाउनेछन् ।

पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पाउनेछन् । पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः ३० हजार, १५ हजार र ५ हजार नगद प्राप्त गर्नेछन् । ४५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पाउनेछन् । ५५ वर्ष माथिका एकलतर्फ शीर्ष तीनले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पाउनेछन् ।