लोपोउन्मुख नीलगाईको बाच्छी फेला

0
Shares

उदयपुर ।

लोपोउन्मुख वन्यजन्तु नीलगाईको बाच्छी उदयपुरको कटारी नगरपालिका– ५ चुरे फेदिमा फेला परेको छ । कटारी नगरपालिका– ५ स्थित शलेस सामुदायिक वन उपभोक्ता समूहको बन क्षेत्र नजिकै खेतमा चर्न निस्किएको नीलगाईको २ महिनाको बाच्छी फेला परेको हो ।

स्थानीयको खेतमा फेला परेको नीलगाईको बाच्छीलाई स्थानीयले उद्धार गरी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय त्रिवेणी कटारीमा बुझाएका छन् । डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख विष्णुलाल घिमिरेले नीलगाईको बच्चा कार्यालयको नियन्त्रणमा रहेको बताए । नीलगाईको बाच्छीलाई पशु प्राविधिकको निगरानीमा राखिने प्रमुख घिमिरेले जानकारी दिए । केही दिनको पशु प्राविधिकको रेखदेखपछि पुन: वन क्षेत्रमा छोडिने तयारी गरिएको प्रमुख घिमिरेले बताए ।

उदयपुरको चुरे वन क्षेत्रमा सुन्दरपुर देखि त्रिवेणी सम्म नीलगाई पाईने गरेको छ । लोपोउन्मुख नीलगाई पहिला पहिला बाक्लो पाईने गरेको अहिले कम हुन थालेको स्थानीयबासी बताउँछन । उदयपुरको दक्षिणी क्षेत्रमा रहेको चुरेबन क्षेत्रमा नीलगाईहरु पाईने स्थानीय बताउँछन् । सामुदायिक वन क्षेत्रबाट स्थानीयको दलहन, तेलहन लगायतका बाली खान नीलगाईहरु आउने गरेको किसानहरुले बताएका छन् ।