भिडियोमा सोल्टिनी क्या राम्री

0
Shares

हेटौंडा, (नेस)। मोडल तथा नायक गणेशमान घलेले अभिनय गरेको सोल्टिनी क्या राम्री बोलको गीत म्युजिक भिडियोसहित बजारमा आएको छ।
सुनील गिरीको शब्द रचना तथा संगीत रहेको गीति एल्बममा गणेशमान घलेलाई मोडल मिरुना रानामगरले साथ दिएकी छन्।
एल्बममा लम्जुङको भुजुङ गाउँको एउटा ठिटो अध्ययनका लागि बाहिर गएको र लामो समयपछि फर्किंदा बाल्यकालको मायाप्रेमको सम्झना गर्दै पुनर्मिलन भएको एक प्रेमिल जोडीको विषय प्रस्तुत गरिएको छ। बजारमा आएको ४ महिनामा नै पौने ५ मिलियन भ्युज कमाउन सफल एल्बमले युवाको मन जित्ने प्रयास गरेको छ।