धमाधम हतियार बुझाउँदै स्थानीय

0
Shares

दयाराम पण्डित

बाजुरामा ३४ जना व्यक्तिले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षितगर्दै जिल्ला प्रसासनले ३५ दिन भित्र हतियार बुझाउन सुचनाजारी गरेको थियो ।

जिल्लाका ९ स्थानीय तहबाट ३४ हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी प्रमुख सूर्य थापाले जानकारी गराउनु भएको छ । त्यसै गरी यो अवधिमा एक जना अबैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख थापाले बताए ।

निर्धारित समयमा हतियार नबुझाउनेहरूलाई अब फेरि हतियार फेला परे कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।मङ्सिर ४ गते हुने आसन्न निर्वाचनलाई स्वच्छ निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न सहयोग पुगोस भन्ने उद्येश्यले स्थानीयलाई हातहतियार प्रशासन समक्ष बुझाउन अनुरोध गरेका थियौं । केहीहतियार प्रहरी समक्ष प्राप्तभएका छन् । नबुझाएकालाई यथाशीध्र बुझाउन अनुरोध गर्दछौं प्रहरी श्रोतले भन्यो ।