कलश सहकारीको स्थापना दिवसको अवसरमा असाहयलाई खाद्यान्न वितरण

0
Shares

दाङ ।

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ व्यवस्थापनका साथ संचालन भएको नवौं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा मानव कल्याण समाज सेवा घर नारायणपुरमा रहेका परिवारविहिन व्यक्तिहरुलाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको संस्थाका संचालक एवं कार्यक्रमका संयोजक केशब रिजालले बताउनु भयो ।

मानव कल्याण समाज सेवा घरकी कर्मचारी सुष्मिता श्रेष्ठलाई संस्थाले चामल,तेल,नुन,मस्यौरा,दाल,बेसार,बिस्कुट लगाएतका खाद्यान्नहरु सहयोग गरेको संस्थाका कोषाध्यक्ष नवराज भण्डारीले जानकारी गराउनु भएको छ ।

आधिकम्स युवाहरुको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई युवा स्वरोजगार कोषको सहुलिएत ऋण उपलव्ध,व्यवसाय गर्न चाहाने शेयर सदस्यहरुलाई सहुलियत दरमा ऋण उपलव्ध,विभिन्न दैविप्रकोपहरुबाट पीडित शेयर सदस्यहरुलाई राहत प्रदान,विभिन्न सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना,वाणिज्य बैंकहरुले प्रदान गर्ने सुविधा सरहको ऋण उपलव्ध, शैक्षिक प्रमाण पत्र धितो राखी ऋण उपलव्ध गराउने काम गरेको छ ।

संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको छोराछोरीहरुलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्देश्यले दोब्बर भुक्तानी बाल बचत योजनामार्फत ३ सय ५० जना बढी बालबालिकाहरुले नियमित रुपमा मासिक बचत गर्दै आइरहेका संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

संस्थामा पेन्सन बचत,उपदान बचत,स्मार्ट दिगो बचत,दोब्बर भुक्तानी बाल बचत,अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेका छन् । साथै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको संस्थाका संचालक माधब खनालले जनाउनुभएको छ ।