अमेरिकामा दुई नेपाली व्यवसायी सम्मानित

0
Shares

काठमाडौं ।

‘उद्यमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याएवापत’ दुई नेपाली व्यवसायीलाई सोमबार अमेरिकाका क्यालिफोर्निया राज्यका सभासद आलेक्स लीले सम्मानित गरेका छन् ।सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की रहेका छन् ।

उनीहरुसँगै मिखायल आर्सेन्टिव र असरफ मद्राशवाला पनि सम्मानित भएका छन् । दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मानपत्र प्रदान गरेका हुन् । क्यालिफोर्नियाको एभरेस्ट कुजिनमा आयोजित समारोहमा सभासद लीले विभिन्न व्यवसायमार्फत् अमेरिकी अर्थतन्त्रलाई टेवा पुग्नेगरी सयौं नागरिकलाई रोजगारी सिर्जना गरेवापत यो सम्मान प्रदान गरिएको उल्लेख गर्नुभयो ।

‘सिलिकन भ्यालीमा व्यवसाय गर्नेलाई सम्मान गर्न पाउ“दा मलाई खुशी लागेको छ’ बताए । सम्मान कार्यक्रममा एवरेस्ट कुजिनका प्रमुख कार्यकारी अधिकृत प्रिन्स युवराज कार्कीले सभासद लीको यस्तो कदमबाट आफूहरूले समाजप्रति थप जिम्मेबारी महशुस गरेको बताउ“दै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

त्यसैगरी एभरेस्ट कुजिनका अध्यक्ष अनिल पाण्डेले अमेरिका बसाइको ३३ वर्षमा यो कार्यक्रम निकै पृथक तथा नयाँ पुस्तालाई ऊर्जा मिल्ने खालको भएको पाए“ भन्दै सभासद् लीको प्रशंसा गर्नुभयो । ‘लीजस्ता जनप्रतिनिधिलाई सम्पूर्ण कम्युनिटीले हर किसिमको सहयोग गर्नुपर्छ, जसले हामीलाई प्रोत्साहन गर्छ हामी उसैको साथमा हुन्छौं, यो हाम्रो प्रतिबद्धता हो’ अध्यक्ष पाण्डेले भन्नुभयो ।

कार्यक्रममा सभासद लीका डिस्ट्रिक डाइरेक्टर अनुराग पलले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई यो किसिमको सम्मान गर्न पाउँदा निकै खुशी लागेको जनाउ“दै यस्तो कार्य भविष्यमा पनि जारीरहने बताउनुभयो ।