दर्शक भेट्दै महापुरुष टिम

0
Shares

सबैतिर रुचाइएको फिल्म महापुरुषका कलाकारको टिमले राजधानीपछि अब जिल्लाका दर्शकसँगसमेत भेट्न थालेको छ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भद्मराई, कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिइरहेका छन्। बुधबार नेपालगञ्जका दर्शक भेटेर प्रतिक्रिया लिएको टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ। यसअघिका आप्mना फिल्म टल्क जंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्राभन्दा राम्रो वर्ड अफ माउथ पाएको उनले बताए।

निर्देशक भद्मराईले पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताए।हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिए। हल भिजिटमा पाएको प्रतिक्रियाले हौसला मिलेको छ। यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति होु, निर्देशक भद्मराईले भने फिल्म हेर्न प्रायः परिवार नै एकसाथ आइरहेका छन्। उनीहरूले यही फिल्ममार्फत डेब्यु गरेका कलाकारहरू अरुण र अञ्जनालाई आशिर्वादसमेत दिइरहेका छन्।