विधवा आमाको कथामा सरोजको बगान



कुशल अभिनेता तथा रंगकर्मी सरोज खनालले पहिलोपटक ठूलो पर्दाको फिल्म निर्देशन गरेका छन्। खनालद्वारा निर्देशित फिल्म बगानको सोमबार राजधानीको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक समारोहबीच टिजर र शीर्ष गीत रिलिज गरिएको छ।

आगामी फागुन १२ गते रिलिज हुने बगानको फिल्मको विषयवस्तु झल्काउने आकर्षक टिजरका साथमा उडी छुनु छ आकाश बोलको भावप्रधान गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।गीतमा बानिका प्रधानको स्वर, हरि लम्सालको संगीत र फिल्मका निर्माता सुरेश वाग्लेको शब्द रचना रहेका छ।

फिल्मको रिलिज हुने दिन संयोगवश अभिनेता तथा निर्देशक सरोज खनालको जन्मदिनसमेत परेको छ। बर्थडे भनेर त्यो दिन रिलिज डेट तोकिएको भने होइन। फागुन १२ गतेका दिन अरु कुनै फिल्म रिलिज नहुने रहेछ र त्यो दिनलाई रिलिज डेट चुज गर्दा मेरो बर्थडे परेछु खनालले कार्यक्रममा प्रष्ट्याए।

खनालले स्वप्निल निरवको कथा बगानमा आधारित रहेर फिल्म निर्माण गरिएको बताए। निर्देशक सुनिल पोखरेलजीबाट एउटा कथा संग्रह पाएको थिए™। त्यहा™मध्ये बगान नामक कथाले उठाएको विषयवस्तुले एकदमै छोयो र फिल्म बनाउनका लागि स्क्रिप्ट लेखे। अभिनेत्री करिश्मा मानन्धरजी र अभिनेता तथा निर्माता विनोद मानन्धरजीको साथमा सहकार्य गर्ने कुरा पहिले नै भइरहेको थियो।

करिश्माजीलाई स्क्रिप्ट सुनाएपछि फिल्म बनाउने सल्लाह भयो उनले खुलाए  करिश्माजी बाहेक कसैलाई पनि फिल्मको स्क्रिप्ट थाहा थिएन। तर पनि मिथिला शर्मा दिदी, वसुन्धरा भुसाल दिदी नीर शाह राजालगायतले मेरो प्रस्तावलाई एक वचनमै स्वीकार गर्नुभयो। अहिले विधुर बाबुको विवाह गर्नुपर्छ भन्ने कथाको महापुरुष भन्ने फिल्मले बजार पिटिरहेको छ। मैलेचाहिँ बगानमा विधुवा आमाको पनि विवाह गर्नुपर्छ भन्ने सवाल उठाएको छु। अल्पायुमै श्रीमतीको देहावसान भएपछि पुरुषलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलालाई चाहिँ हुँदैन? यो प्रश्नले मलाई साह्रै छोएको थियो।

अभिनेत्री वसुन्धरा भुसालले विधवालाई श्रीमान् चाहिने विषयमा समाजले नराम्रो रूपमा लिन नहुने चर्चा गरिन्। यो फिल्म महिलाको हकहितको लागि हो। पुरुषलाई श्रीमती बितेको तेह्रै दिनमा अर्को श्रीमती आवश्यक पर्ने तर महिलाले एक्लै जीवन कटाउनुपर्छ भन्ने हुँदैन।

उसलाई त समाजमा जिउन पुरुषको झन् बढी आवश्यकता पर्छ, यो फिल्म त्यहि विषयमा छु वसुन्धराको भनाइ थियो राम्रो फिल्ममा अनुहार मात्र देखाउन पाए पनि त्यो जस्तो सौभाग्य अरू केही हुँदैन। त्यसैले एकै शब्दमा यो फिल्मको प्रस्ताव स्वीकार गरे।

अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि, दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफूले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए। हु इज एक्सेलेन्ट भन्नुपड्डयो भने म सरोज खनाल भन्छु। यो नामले मेरो दृष्टिकोणमा त्यो मूल्य राख्दछ। मैले चैतन्य प्राप्त गरेदेखि अधिकांश समय विधवा महिलाको विवाहको लागि लडिरहेको छु।

मेरो पहिलो फिल्म सिन्दुर पनि यही विषयमा थियोु बगानमा आफूले श्रद्धा गर्ने फिल्म क्षेत्रका व्यक्तिहरू समावेश रहेकोमा खुसी व्यक्त गर्दै शाहले सुनाए वसुन्धरा भुसालजीको पहिलो फिल्मको प्रत्येक शो प्रत्येक दिन हेरेको मान्छे हो म। उहाँहरूकै फिल्म हेरेर कलाकारितामा लागेको मेरा लागि यो फिल्ममा जोडिन पाउनु सौभाग्यको कुरा हो। मिथिला, करिश्माजी जस्ता मूर्धन्य व्यक्तिका साथमा काम गरेको छु।

अभिनेत्री करिश्मा मानन्धरले आप्mनो लामो करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको खुलाइन्।मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइन। मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो। बगानमा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ। यो फिल्ममा अभिनय गर्दा एकपटक पनि ऐना हेर्नुपरेनु करिश्माले आफ्नो उमेरअनुसारको भूमिका रहेको खुलाउँदै भनिन् एजसँगै कलाकारले आफूलाई अर्को धारतिर लानुपर्ने हुन्छ।

मेरो ग्ल्यामरस हिरोइनको छाप भएकाले त्यसलाई कायम गर्नुपर्ने बाध्यताको कारण जहिल्यै मेकअप र डझेसमा ध्यान दिनुपथ्र्यो। म अहिले हाई ममी बाई मम्मी भन्ने खालको क्यारेक्टर गर्नेवाला थिइनँ र सरोजलाई अबचाहिँ सा™च्चै मान्छेको मन छुने खालको केही गरौँ है भनेको थिएँ। फिल्ममा सरोजले समाजको गहन विषय वस्तु उठाएको छ। सरोज एउटा राम्रो कलाकार त हो, यसका साथसाथै उसमा निर्देशकीय क्षमता पनि देखेँ।

अभिनेत्री प्रमिला कार्कीले फिल्म क्षेत्रका अग्रज व्यक्तिका साथ पहिलो फिल्ममा अवसर पाउँदा भाग्यमानी महसुस गरेको बताइन्। सुरेश वाग्लेद्वारा निर्मित फिल्ममा गौरीशंकर धुजुको डीओपी, नारायण जीसी र उत्सव दाहालको छायांकन तथा अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्