गोनी हानी -यापरको हत्या

0
Shares

अमेरीकी ¥यापर टेकअफको गोली हानी हत्या भएको छ। स्थानीय समयअनुसार मंगलबार दिउँसो दुई बजे ह्युस्टानमा डाईस खेलिरहेका २८ वर्षीय टेकअफमाथि अपरिचित व्यक्तिले गोली चलाउँदा घटनास्थलमा नै उनको निधन भएको हो।

केहि व्यक्तिहरुले उनलाई बाटोमा ढलिरहेको अवस्थामा भेटेपछि नजिकको अस्पताल लगेको स्थानीय प्रहरी प्रमूख ट्रोई फिनरले जनाएका छन् ।

घटनामा संग्लग्न भएको आरोपमा अहिलेसम्म कुनै व्यक्तिलाई पनि पक्राउ गरेको छैन् । टेकअफ चर्चित मिगोसा व्याण्डमा आवद्ध थिए । जुन व्याण्डले सन् २०१३ देखि चर्चा कमाएको थियो । नयाँ पुस्ता माझ चर्चित ब्याण्डका टेकअफको निधनसँगै नेपाल लगायत विश्वका ¥याप संगीत प्रेमीहरुले उनलाई श्रद्धाञ्जली दिईरहेका छन् ।