क्यान्सर पीडित बालिकाको उपचारमा समस्या

0
Shares

डोटी । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ खत्याडीकी क्यान्स पिडीत १३ वर्षीया बालिका पूजा मिश्रको उपचारमा समस्या भएको छ । क्यान्सर रोगले पिडीतको उपचारको लागि कम्तिमा पनि १४ देखि १५ लाख खर्च लाग्ने भएपछि समस्या भएको बुवा रमेश मिश्रले जानकारी दिए  । छाेरीको उपचारमा हाल सम्म ७-८ लाख खर्च भइसकेको छ ।

छाेरीको हातको पाखुराको हड्डीमा क्यान्सर भएको चिकित्सकहरुले बताएका छन् । उनको हाल बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवनमा उपचार भइरहेको घर परिवारले जनाएको छ । यो भन्दा पहिला उनलाई भारतको बरेलीमा लगिएको थियो । त्यहाँ उनमा क्यान्सर देखिएपछि बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवन ल्याइएको हो ।

आर्थिक अवस्था निकै कम्जोर भएकाले आफ्नो छोरीको उपचारमा सहयोग गरिदिन बुवाले अपिल गरेका छन् । छारीको उपचारका लागि भन्दै डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ ओजेली घर भई कामको लागि भारतको गोवामा रहेका महेन्द्र धामीले आर्थिक संकलन अभियानको सुरुवात गरेकाे बुवा रमेशले जानकारी दिए। उनका अनुसार उक्त अभियानमा हाल सम्म ४० हजार ५७३ रुपैयाँ ६ पैसासङ्कलन भएको छ ।