मंसिरमा मिलन

0
Shares

प्रेमकथामा बनेको फिल्म मिलनको रिलिज डेट हेरफेर भएको छ। मिलन अब आगामी मंसिर ९ गतेबाट रिलिजमा आउने भएको छ। फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईले एकै मितिमा दुई नेपाली फिल्म रिलिजमा आउँदा नेपाली फिल्म क्षेत्रलाई नै असर पर्ने भएकाले कात्तिक १८ गतेका लागि डेट तोकिएको फिल्म मंसिर ९ मा ल्याउन लागिएको बताए।

प्रेम र बिछोडले भरिएको मिलनको ट्रेलर तथा तिम्रो इसारा काफी छ बोलको गीत सार्वजनिक भइसकेको छ।सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको फिल्ममा सुमिन गुरुङ, शिशिर वाङदेल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकारले अभिनय गरेका छन्। कुशल र शिल्पाले यसै फिल्मबाट डेब्यु पाएका छन्।

प्रवीण थापाद्वारा निर्मित फिल्म काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको छ। फिल्ममा प्रताप दास, कौशल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको स्वर, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, राहुल राईको छायांकन, तारा किम्भे थापाको सम्पादन र टंकबहादुर राईको भीएफएक्स रहेको छ।