शर्लिनद्वारा साजिदमाथि यौन शोषणको आरोप

0
Shares

बलिउड अभिनेत्री शर्लिन चोपडाले फिल्म निर्मँता साजिद खानमाथि यौन शोषणको आरोप लगाएकी छन्। उनले साजिदमाथि यौन शोषणको आरोप लगाउ™दै भारतको जुहु पुलिस स्टेसनमा उजुरी दर्ता गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

साथै, उनले आफ्नो बयानसमेत दिएकी छन्। भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा शर्लिनले शुरुमा जुहु प्रहरी स्टेसनले आफ्नो उजुरी लिन आनाकानी गरे पनि उजुरी दर्तापछि साजिदलाई छिद्मै सोधपुछका लागि बोलाइने आश्वासन दिएको बताएकी छिन्।

उनले साजिदलाई बचाउने मामलामा सलमान खानको हात रहेकाले उनलाई कसैले केही गर्न नसक्ने भन्दै सलमान खानलाई पनि यस मामलामा सहयोग गर्न अपिलसमेत गरेकी छन्।चर्चित रियालिटी शो बिग बोस १६ का सहभागी साजिदमाथि सन् २०१८ मा मन्दाना करिमी, सनोली चोपडा, रेचल ह्वाइट, सिमरन सुन्री, मरिना कुँवर, अहाना कुमारा, शर्लिन चोपडा तथा पत्रकार करिश्मा उपाध्यायले साजिदमाथि यौन शोषणको आरोप लगायका थिए।

यस्तै, केही वर्षअघि आत्महत्या गरेकी अभिनेत्री स्व. जिया खानमाथि बनेको डकुमेन्टझी डेथ इन बलिउडमा जियाकी बहिनी करिश्माले पनि आफ्नो दिदीमाथि साजिदले यौन शोषण गरेको आरोप लगाएकी थिइन्। त्यसपछि एक वर्षसम्म फिल्म क्षेत्रमा ब्यान्ड भएसँगै क्लिन चिट पाएपछि उनी बिग बोसमा सहभागी भएका थिए। पहिला आरोप मात्र लागेका साजिद बिग बोसमा सहभागी भएसँगै शर्लिनले उनीविरुद्ध कानुनी लडाइँ शुरु गरेपछि कानुनी लफडामा फसेका छन् भने उनी बिग बोसबाट समेत निकालिन सक्ने समाचारमा उल्लेख गरिएको छ।