श्वेतालाई पुत्रीलाभ


अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ। अभिनेत्री खड्काले मंगलबार राजधानीको ग्रान्डी सिटी अस्पतालमा पुत्रीलाई जन्म दिएकी हुन्।

उनले दुई वर्षअघि धनगढीका युवा विजयेन्द्र सिंह रावतस™ग बिहे गरेकी थिइन्। विभिन्न व्यवसायसमेत गर्दै आएकी उनी बिहेपश्चात् घरव्यवहारमा व्यस्त भएकी थिइन्।

श्वेतालाई बिहेपश्चात् विजयेन्द्रले सहयोग गर्दै आएका थिए भने गर्भवती भएपछि उनको व्यवसाय विजयेन्द्रले सम्हाल्दै आएका थिए। श्वेताले गर्भवती भएपछि विभिन्न फोटोसुट गर्दै सामाजिक सञ्जालमा सेयर गर्दै आएकी थिइन्।