विश्वकप फुटबलको इतिहास

0
Shares

काठमाडौं । 

विश्वकप फुटबल प्रतियोगिता फुटबल खेलको मात्र नभई सम्पूर्ण खेल जगतकै सर्वश्रेष्ठ तथा ठूलो प्रतियोगिता हो । यस प्रतियोगिताको प्रतिष्ठा, प्रसिद्धता र दर्शकको कौतूहलतालाई हेर्ने हो भने ओलम्पिक खेलकूदले मात्र यससँग प्रतिस्पर्धा गर्न सक्ने ठम्याइ छ । यस पटक कतारमा आगामी मंसीर ४ गते हुने विश्वकप २२ औं संस्करणको हो ।

विश्वकप प्रतियोगिताको कल्पना सन् १९०४ मा फिफा (विश्व फुटबल महासंघ) को स्थापनाकालसँगै भएको थियो । तर, यसको आयोजना हुन २६ वर्षको लामो समय लागेको थियो । विश्वकप शुरु हुन अघि ओलम्पिक खेलकूदको फुटबलमा विजयी हुने राष्ट्रलाई विश्व च्याम्पियनको रुपमा लिइन्थ्यो । यो पहिलो विश्वकपको शुरुवात हुनु अगाडिसम्म ठिक सावित पनि भयो ।

ओलम्पिक खेलकूदको विजेता राष्ट्रलाई विश्व च्याम्पियनको रुपमा लिए तापनि सन् १९२० को ओलम्पिक विजेता राष्ट्र बेल्जियमबाहेक अन्य राष्ट्रले सो सम्मान पाउनु योग्य थियो । सन् १९०८ र १९१२ को ओलम्पिक च्याम्पियन इंग्ल्यान्ड सन् १९१४ सम्म फुटबलको महारथी टोलीको रुपमा चिनिन्थ्यो । सन् १९२० को दशकमा उरुग्वे दुई पटक ओलम्पिक विजयी हुनुका साथै पहिलो विश्वकप जिती आधिकारिक रुपमा फुटबल खेलमा आफुलाई सर्वश्रेष्ठ प्रमणित ग¥यो ।

प्रथम विश्व युद्धको अन्त्यसँगै फुटबल व्यावसायिकतातिर आइपुग्यो । सन् १९२५ मा चेकोस्लोभाकिया सन् १९२६ मा हंगेरी र अष्ट्रियाले फुटबलमा व्यावसायिकता शुरु गरे । फुटबलमा राम्रो छवि बनाएका यी राष्ट्रहरुले ओलम्पिकमा आफ्नो पहिलो दर्जाको टोलीलाई सामेल गराउन पाएनन् । त्यस्तै दक्षिण अमेरिकी राष्ट्रहरुको खेलाडीहरु पनि अव्यावसायिक नभएको शंका गरिन थाल्यो र ओलम्पिक फुटबललाई व्यावसायिकताले ठूलो असर पा¥यो ।

सन् १९२८ मा एस्टरडाममा भएको फिफा कंग्रेसको बैठकमा फिफा अध्यक्ष जुल्स रिमेटले चेकोस्लोभाकिया, अष्ट्रिया र हंगेरीले फुटबलमा अपनाएको व्यावसायिकतालाई अन्य राष्ट्रले पनि प्रतिपादन गर्ने संभावना देखे । रिमेटले फ्रान्सेली फुटबल संघका महासचिव हेनरी देलाउनेसँग मिलेर चार वर्षीय फुटबल प्रतियोगिता आयोजना गर्ने प्रस्ताव ल्यायो । उक्त प्रस्तावको पक्षमा २५ मत र विपक्षमा ५ मत परेको थियो ।

हुगो मिचेल, दिलाउने, बोनेट र लाइनम्यानले पहिलो प्रतियोगिता आयोजना गर्नका लागि नियमहरु बनाए । फ्रान्सेली मूर्तिकार अबेल लाफलिउरलाई ट्रफी बनाउन लगायो र सन् १९२९ को बार्सिलोनामा हुने फिफा कंग्रेस बैठकले पहिलो प्रतियोगिता आयोजना गर्ने राष्ट्रको तय गर्ने निर्णय ग¥यो ।

इटाली, स्पेन, नेदरल्यान्डस् र स्विडेनले यूरोपबाट पहिलो विश्वकप आयोजना गर्न प्रस्ताव राखे । तर, उनीहरु फिफाको नजरमा परेनन् । आयोजना गर्ने मौका दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले प्राप्त ग¥यो । शायद त्यसताकाको ओलम्पिक च्याम्पियन भएकोले पनि उरुग्वेलाई आयोजकको रुपमा छनोट गरेको हुन सक्छ । उरुग्वेले सहभागि राष्ट्रहरुको यातायात खर्चदेखि लिएर बस्ने खर्च समेत व्यहोर्ने तयार भयो । उरुग्वेको स्वतन्त्रता दिवसको स्वर्ण जयन्तीको अवसरमा सन् १९३० मा पहिलो विश्वकप आयोजना हुने तयार भयो ।

तर, उरुग्वेमा पहिलो विश्वकप गर्ने निर्णय गलत सावित भयो । जब युरोपेली राष्ट्रहरुले एकपछि अर्को गर्दै लामो यात्रा र घरेलु समस्या देखाई प्रतियोगितामा भाग लिने असमर्थता जनाए । तर पनि प्रतियोगिता शुरु भयो त्यसबखत युरोपबाट चार राष्ट्रको मात्रै सहभागिता भएका थिए । ती राष्ट्र हुन् फ्रान्स, बेल्जियम, युगोस्लाभिया र रोमानिया । यी टोलीहरु कमजोर पनि थिए ।
यसैगरी अमेरिकी महादेशबाट ९ राष्ट्रको सहभागिता थिए । ब्राजिल, उरुग्वे, पाराग्वे, चिली र अर्जेन्टिनाले दक्षिण महादेशको प्रतिनिधित्व गरेका थिए ।

तर, ब्राजिलको भने पहिलो विश्वकप बिर्सनलायक बनेको थियो । ब्राजिल त्यतिबेला बलियो टोलीको रुपमा थिएन । तापनि टोलीले बोलिभियालाई ४–० ले हराएको थियो । पहिलो विश्वकप आयोजना गर्नका लागि उरुग्वेले ९३ हजार दर्शक क्षमताको सेन्टेनरी रंगशाला निर्माण गरेको थियो । तर, प्रतियोगिता शुरु हुूँदासम्म उक्त रंगशालाको निर्माण कार्य नसकिएकोले फ्रान्स र मेक्सिको बीचको पहिलो खेल पेनारोल पोसिटोस रंगशालामा भएको थियो । १३ जुलाई मा भएको उक्त खेलमा उपस्थित दर्शक संख्या मात्र ४ हजार थियो ।

उरुग्वे नै विजेता

प्रतियोगितामा १३ टोलीको सहभागिता भएको थियो । यसलाई चार समूहमा विभाजित गर्दा तीन समूहमा तीनतीन टोली रहे । एक समूहमा भने चार टोली समावेश गरिएको थियो । त्यतिबेला समूह विजेता सीधै सेमिफाइनल पुग्ने प्रावधान थियो । यसअनुसार समूह क बाट अर्जेन्टिना, समूह ख बाट युगोस्लाभिया, समूह ग बाट आयोजक राष्ट्र उरुग्वे र समूह घ बाट अमेरिका अन्तिम चारमा पुगेका थिए ।

सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६–१ ले हराएको थियो । अर्को सेमिफाइनल खेलमा उरुग्वेले युगोस्लाभियालाई पनि ६–१ ले पराजित गरेको थियो । यी दुबै टोली सन् १९२८ को ओलम्पिक फुटबलको फाइनलमा पुगेका थिए । फाइनलमा अर्जेन्टिना पहिलो हाफमा २–१ को अग्रतामा थियो । तर, दोस्रो हाफमा पासा पल्टियो । घरेलु दर्शक सामु उरुग्वेले दोस्रो हाफमा ३ गोल फर्काएर पहिलो विश्वकपको ट्रफी जित्ने पहिलो राष्ट्र बन्यो ।

फाइनलमा दर्शक कम

फाइनल खेलमा ९३ हजार दर्शक अट्ने रंगशालामा करिब ६८ हजार दर्शकको उपस्थित थियो । जबकी यो सेमिफाइनल खेलमा भन्दा कम संख्या थियो । सेमिफाइनलमा उरुग्वे र युगोस्लाभियाबीचको खेलमा करिब ८० हजार दर्शकको उपस्थित थियो । त्यस्तै सेमिफाइनलको अर्को खेल अर्जेन्टिना र अमेरिकाबीचको खेलमा करिब ७२ हजार दर्शकको उपस्थित रहेको थियो ।

विवाद पनि रह्यो

फ्रान्स र अर्जेन्टिनाबीचको लिग खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । तर, यो खेल निर्धारित समय सकिन ६ मिनेट अघि नै सकिएको भन्दै ब्राजिली रेफ्रीले ह्विस्टल बजाए । पछि समय बाँकी रहेको थाहाभएपछि खेल पुन संचालन भएको थियो । तर, फ्रान्सले गोल भने फर्काउन सकेन ।

संक्षिप्तमा
आयोजक राष्ट्र ः उरुग्वे
विजेता ः उरुग्वे
उपविजेता ः अर्जेन्टिना
तेस्रो र चौथो ः अमेरिका र युगोस्लाभिया
कूल गोलसंख्या ः १८ खेलबाट ७० गोल
सर्वाधिक गोलकर्ता ः गुइलेर्मो स्टाबाइल (अर्जेन्टिना) ८ गोल
सहभागी टोली ः १३ उरुग्वे, अर्जेन्टिना, अमेरिका, युगोस्लाभिया, फ्रान्स, बेल्जियम, रोमानिया, चिली, बोलिभिया, मेक्सिको, पेरु, पाराग्वे, ब्राजिल