युकेबाट तिमी को हौ

0
Shares

युकेबाट गायक कृष्ण सिंहको तिमी को हौ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन्। युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ।

ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरेका छन्। उनले गीतको भिडियोमा बिहेका लागि आमाले खोजेकी युवतीसँग युवकको कल्पना र यथार्थतालाई मिठासका साथ प्रस्तुत गरेका छन्। सुमन श्रेष्ठको छायांकन र सम्पादन रहेको भिडियो गायक सिंहकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।