रक्तचाप र यौन जीवन



SANTA ROSA, CA – FEBRUARY 07: A Russian River Brewing Company customer takes a sip of the newly released Pliny the Younger triple IPA beer on February 7, 2014 in Santa Rosa, California. Hundreds of people lined up hours before the opening of Russian River Brewing Co. to taste the 10th annual release of the wildly popular Pliny the Younger triple IPA beer that will only be available on tap from February 7th through February 20th. Craft beer aficionados rank Pliny the Younger as one of the top beers in the world. The craft beer sector of the beverage industry has grown from being a niche market into a fast growing 12 billion dollar business, as global breweries continue to purchase smaller regional craft breweries such this week’s purchase of New York’s Blue Point Brewing by AB Inbev. (Photo by Justin Sullivan/Getty Images)
श्रीरामसिंह बस्नेत

एकजना रसिक स्वभावका दाइ छन् । उनलाई ४० वर्ष पुगेपछि उच्च रक्तचाप देखियो । व्यावसायिक जीवन पनि र यौन जीवन पनि सक्रिय भएका उनले शुरुमा केही समय त रक्तचापलाई हेपेरै बसे । तर उनको केही लागेन, आखिर डाक्टरले भनेको मान्नै प-यो र नियमित औषधिको शरण पर्नै प-यो ।

करिब ६ वर्षजति रक्तचापको औषधि नियमित सेवन गरेपछि उनलाई बिस्तारै आफ्नो यौनक्षमतामा ह्रास आउँदै गएको महसुस भयो । उनको भनाइअनुसार उनको यौन चाहनामा कुनै कमी आएको थिएन तर लिङ्गले भने उनको चाहनालाई पर्याप्त साथ दिन छोडेको थियो । अर्थात् लिङ्गमा पर्याप्त कडापन नआउँदा यौन चाहना उच्च भए पनि ‘पफर्मेन्स’ भने निरासाजनक हुन थालेको थियो ।

उनले औषधिबारे जानकारी भएका साथीभाइहरुसँग सोधपुछ गरेछन् । रक्तचापको औषधि लामो समयसम्म खाँदा त्यसको साइड इफेक्ट स्वरुप लिङ्गमा शिथिलता आउँछ भन्ने जवाफ पाएछन् । उनले आफ्नो समस्याको कारण रक्तचापको औषधि नै रहेछ भन्ने बुझेर ६ वर्षदेखि खाइरहेको औषधि आफूखुशी बन्द गरेछन् । यसो गर्दा उनको यौन समस्या समाधान भयो कि भएन, त्यो त स्पष्ट थाहा भएन, तर औषधि खान छोडेको ३२ औं दिनमा उनलाई अस्वाभाविकरुपमा छाती दुखेकोले इमर्जेन्सीमा दौडाउनुप-यो ।

इमर्जेन्सीका डाक्टरले त्यतिखेर उनलाई ‘माइल्ड हर्ट अट्याक’ भएको निक्र्यौल गरेका थिए । त्यसपछि उनको मुटुको गहन उपचार चल्यो र चलिरहेकै छ । आफैंले रक्तचापको औषधि खान अनायास छोडेकोले मुटुको समस्या आएको र झन्डै जीवनलीला नै समाप्त हुन लागेको भन्ने निष्कर्षमा उनी पुगे ।

अनि परिवार र आफन्तहरुको सल्लाहमा उनी भारततर्फ हानिए । नेपालका डाक्टरसँग खुलस्त भन्न नसकेको कुरा उनले भारतका डाक्टरसँग भनेछन् । उनको कुरा सुनेपछि

 

डाक्टरले प्रश्न गरेछन्– ‘आप लाइफ चाहते है या सेक्स ?’

त्यतिमात्र होइन, ती डाक्टरले त बाहिर प्रतीक्षा कक्षमा बसिरहेकी उनकी श्रीमतीलाई भित्रै बोलाएर उनको स्वास्थ्यको सबै रहस्य खोल्दै बिहान–बेलुका आफैँले औषधि खुवाउने जिम्मासमेत लगाइदिएछन् । त्यतिखेर उनलाई सबैभन्दा बढी लाज आफ्नै श्रीमतीसँग लागिरहेको थियो भनेर यस पंक्तिकारलाई पछि बताएका थिए ।

रक्तचाप र यौनको सम्बन्ध

रक्तचाप आफैंमा कुनै रोग होइन । त्यसैले रक्तचाप सामान्य नहुँदैमा आफूलाई वा अरुलाई रोगी वा बिरामी ठान्नु गलत हुन्छ । यद्यपि रक्तचापका कारण जीवनका विभिन्न पक्ष प्रभाव पर्दछन्, जसलाई धैर्य तथा बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्न सकिन्छ । तीमध्ये जीवनको एक अत्यन्तै महत्वपूर्ण पक्ष यौन पनि हो ।

रक्तचाप तीन वर्गका हुन्छन्– सामान्य, उच्च र न्यून । सामान्य रक्तचाप समस्यारहित अवस्था हो भने उच्च रक्तचाप र न्यून रक्तचाप होस पु-याउनुपर्ने विशेष अवस्था हो । कसै–कसैलाई त एउटै समयमा उच्च र न्यून दुवै रक्तचापको समस्या रहेको पनि पाइन्छ । रक्तचाप पनि मुटुको घड्कन वा श्वासप्रस्वासजस्तै जीवनपर्यन्त साथै रहने शारीरिक प्रणाली हो । रक्तचाप र यौन जीवनबीच गहिरो सम्बन्ध छ । समस्यारहित सामान्य रक्तचापभन्दा उच्च रक्तचाप वा न्यून रक्तचापमा यौन जीवन कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भ विश्वका करोडौं मानिसका लागि सान्दर्भिक विषय हो ।

उच्च रक्तचाप र यौन जीवन

रक्तचाप उच्च (हाइपरटेन्सन) हुँदैमा यौन जीवन समाप्त भइहाल्ने त होइन तर विचारचाहिँ पु-याउनुपर्ने हुन्छ । मुख्य कुरा पुरुषमा यौन उत्तेजना जागेको बेलामा रक्तचाप पनि केही बढेको हुन्छ । रक्तचाप सामान्य नै भएको मानिसमा पनि उत्तेजनाको बेला रक्तचापको पारो स्वतः माथि चढेको हुन्छ । त्यसैले रक्तचाप उच्च भएको पुरुषको यौन उत्तेजनाको बेला रक्तचाप झन् उच्च हुन जानु स्वाभाविकै हो । त्यसैले उच्च रक्तचाप भएको पुरुषले यौन क्रियाकलाप गर्दा बढी उत्तेजित नहुनु उचित हो ।
यौन क्रियाकलाप मात्र होइन, झैझगडा, वादविवाद, चर्को स्वरमा कराउने, अति बढी खुशी हुने आदि उत्तेजना बढाउने अवस्थामा रक्तचाप झन् बढ्न जाने हुनाले उच्च रक्तचाप भएकाहरुलाई जोखिम पनि बढ्न जान्छ । फुटबल वा क्रिकेट म्याचमा आफ्नो टिमले जित्दा अत्यधिक खुशी भएको कारण अस्पतालको इमर्जेन्सीमा पुग्नुपरेका उदाहरण विदेशमा निकै पाइन्छन् ।

यौन क्रियाकलापमा संलग्न रहँदा एक प्रकारको कौतुहलता र नर्भसनेस पनि भइरहेको हुन्छ । यसले रक्तचापमा वृद्धि गराइदिन्छ । विशेष गरी पहिलोपटक यौन संसर्ग गर्दा, अपरिचित यौनकर्मीसँग यौनरत हुँदा, नयाँ व्यक्तिसँग यौन सम्बन्ध राख्दा यस्तो अवस्था हुन्छ । उच्च रक्तचाप भएका पुरुषहरुका लागि यो अवस्था निकै जोखिमपूर्ण हुन सक्छ ।

माथि उल्लिखित दाजुको उदाहरणमा जस्तै लामो समयसम्म उच्च रक्तचापको औषधि नियमित सेवन गरिरहेका पुरुषहरुको लिङ्गमा यौन सम्पर्कका लागि चाहिने कडापनको अभाव (इरेक्टाइल डिस्फङ्कसन) हुनु त्यस्ता औषधिको एक प्रमुख साइड इफेक्ट हो ।

विशेष गरी उच्च रक्तचापमा प्रयोग गरिने बेटा ब्लकर र डिउरेटिक्स क्याटागोरीका औषधिहरुको लामो समयसम्मको प्रयोगले त्यस्तो साइड इफेक्ट आउन सक्छ । तर लामो समय भनेको कति ? भन्ने प्रश्नको सबैलाई मिल्ने एउटै जवाफ हुन सक्दैन । कसैलाई त्यस्तो औषधि सेवन गरेको दुई–चार वर्षमै त्यस्तो साइड इफेक्ट देखिन्छ भने कसैलाई दश–बाह्र वर्षपछि मात्र देखिन पनि सक्छ ।

यो व्यक्तिको नितान्त व्यक्तिगत शारीरिक प्रकृतिमा भर पर्ने विषय हो । तर त्यस्तो साइड इफेक्ट हुन्छ भनेर उच्च रक्तचापको औषधि सेवन नगर्नु वा बीचमा छोड्नु मृत्युलाई निम्त्याउनु हुन जान्छ । रक्तचाप मात्र होइन सुगर, थाइराइड, छारेरोगलगायतका कतिपय रोगका औषधिको दीर्घकालीन प्रयोगमा पनि यस्तो किसिमको साइड इफेक्ट आउँछ ।
उच्च रक्तचापको समस्या पुरुष र महिला दुवैमा हुन सक्छ । जहाँसम्म यौन जीवनमा यसको प्रभावको प्रश्न छ, त्यसमा महिलाभन्दा पुरुष बढी प्रभावित भएको पाइन्छ । त्यसको मुख्य कारण हो मेरुदण्डधारी अधिकांश जीवमा भाले जातिको लिङ्गको अवस्थामा निश्चित परिवर्तन नआईकन यौन संसर्ग सम्पन्न हुन नसक्नु तर पोथी वर्गको योनिमा भने कुनै विशेष परिवर्तन अनिवार्य नहुनु हो ।

लिङ्गका नसा र केशिकाहरुमा पर्याप्त रक्तप्रवाह भएपछि मात्र लिङ्गमा पूर्ण उत्तेजना भरिन्छ र यौन संसर्गको लागि त्यो योग्य हुन्छ । विभिन्न कारणवश पर्याप्त रक्तप्रवाह हुन नसकेमा संसर्ग सम्भव हुँदैन । तर महिलाका समस्या बेग्लै हुन्छन् । योनि सुक्खा हुनु, यौनक्रिया पीडादायक हुनु, चरमोत्कर्स (अग्र्याजम) प्राप्त नहुनु आदि महिलाले भोग्ने प्रमुख यौन समस्या हुन्, जो रक्तचापसँग पनि सम्बन्धित छ ।

पति–पत्नी, प्रेमी–प्रेमिका वा यौनजोडीले आफ्नो यौन साथीको शारीरिक अवस्थाबारे जानकारी राखेर त्यस अनुरुप यौन व्यवहार गर्नु बुद्धिमानी हो । यद्यपि यो सधैँ सम्भव नहोला । तर नियमित यौन संसर्गमा रहने पति–पत्नीमा भने सहजै सम्भव हुन्छ । आफ्नो पति वा पत्नीको रक्तचापको प्रकृति कस्तो छ, त्यो जान्नु आवश्यक छ । पतिको रक्तचाप उच्च छ भन्ने थाहा भएकी पत्नीले यौन क्रियाकलापको बेलामा पतिलाई अति उत्तेजित हुनबाट रोक्न सक्छिन् ।

पति–पत्नी दुवैको रक्तचाप उच्च छ भने त्यसै अनुसार समझदारी कायम गरी यौनरत हुन सकिन्छ । दुवैको रक्तचाप उच्च छ भने यौनरत हुनुअघि नुहाएर, केही बेर आराम गरेर वा एक निद्रा सुतेर अर्थात् रक्तचाप केही तल झरेको महसुस गरेर मात्र यौनरत हुनु उचित मानिन्छ । मदिरा वा कुनै पनि किसिमको

मादक पदार्थ सेवन गरेको, माछा–मासु वा गरिष्ठ भोजन गरेको लगत्तै यौनरत हुनु उच्च रक्तचाप भएकाहरुका लागि निकै जोखिमपूर्ण हुन्छ ।

यौनक्षमता बढाएर अत्यधिक यौन आनन्द लिन खोज्नु परापूर्वकालदेखि नै मानव समाजमा चलिआएको अन्त्यहीन मृगतृष्णा हो । यस क्रममा उहिलेदेखि नै अनेकौं जडीबुटी, तेल, परिकार प्रयोग हुँदै आएका छन् भने अहिले भियग्रा, लेभिट्रालगायतका कडा रासायनिक औषधिहरु प्रयोग भइरहेका छन् । चीन, कोरिया, जापान आदि मंगोल सभ्यतामा जिङसिङ नामक औषधि प्रयोग हुँदै आएको छ भने पश्चिमी समाजमा खाने चक्की र लिङ्गमा लगाउने स्प्रे, क्रिम आदि पनि प्रचलित छन् । हाम्रोतिर बट्टाई वा त्यस्तै साना चराका मासु, बाख्राको दूध, शिलाजित, अश्वगन्धा, आलमोन्ड बदामको नियमित सेवन, शुद्ध मह आदि र मरुभूमि निकट भएका समुदायमा उँटको दूधलाई पनि यसै प्रयोजनमा लाभकारी मानेर खाने गरिन्छ ।

खाने चिज सन्तुलित मात्रामा खाँदा नराम्रो असर गर्दैन तर भियग्राजस्ता कडा रासायनिक औषधिहरु सामान्य मानिसका लागि त घातक हुन्छन् भने रक्तचाप उच्च भएकाहरुलाई प्राणघातक नै हुन सक्छन् । यसको सेवनले लिङ्गमा अपेक्षा गरेभन्दा बढी नै उत्तेजना हुन्छ र हृदयाघात हुने, आँखा धमिलो हुँदै जाने, लिङ्ग उत्तेजित त हुने तर यौन क्रियाकलाप समाप्त भइसकेपछि पनि घण्टौंसम्म सामान्य अवस्थामा नफर्किनेजस्ता साइड इफेक्ट हुन सक्छन् ।

यो भन्दा लिङ्गमा दल्ने स्प्रे वा क्रिम कम घातक हो । तर यसले पनि लिङ्गमा क्षणिक उत्तेजना त ल्याइदिन सक्छ । लिङ्गको छालामा र यौन सहभागी महिलाको योनिभित्र समस्या पनि ल्याइदिन सक्छ । पटक–पटक यो प्रयोग गर्दा पछि यसले काम गर्न छोडेको, लिङ्ग सुक्दै गएको, लिङ्गको छालामा समस्या भएको भन्ने गुनासो पनि प्रयोगकर्ताहरुबाट आएको पाइन्छ । त्यसैले लिङ्गलाई उत्तेजित पार्न कुनै पनि रासायनिक औषधि प्रयोग नगर्नु नै सबैभन्दा बुद्धिमानी हो ।

उच्च रक्तचापको औषधिको साइड इफेक्टका कारण अपेक्षित यौनसुखबाट वञ्चित रहेका पुरुषहरुले कुनै तनाव लिनुहुँदैन, यसले रक्तचाप झन् बढाइदिन्छ । यौनसुख केही घट्दैमा जिन्दगी बर्बादै भएको ठान्नु मूर्खता हो । यसले डिप्रेसनमा समेत पु-याउन सक्छ । रक्तचाप वा अरु कुनै पनि कारणले लिङ्गमा अपेक्षित उत्तेजना नआउने इरेक्टाइल डिस्फङ्कसनको समस्या भएका पुरुषहरुले यौनसुखका लागि वैकल्पिक उपाय अपनाउन सक्छन् ।

न्यून रक्तचाप र यौन जीवन

रक्तचाप सधैँ न्यून रहनु (हाइपोटेन्सन) अर्को समस्या हो, यद्यपि यो पनि रोगै भने होइन, व्यवस्थापन गर्न सकिने समस्या हो । रक्तचाप अल्पकालका लागि र दीर्घकालका लागि न्यून हुन सक्छ । जस्तै– झाडापखाला लागेको बेलामा रक्तचाप न्यून हुन्छ तर त्यो थामिएपछि बिस्तारै रक्तचाप सामान्य हुँदै आउँछ । न्यून रक्तचापमा टाउको दुख्ने, रिँगटा लाग्ने, शरीर शिथिल हुने, काम गर्ने जाँगर नलाग्ने, अरुको कुरा सुन्दा झर्को लाग्ने, सुतिरहन मात्र मन लाग्ने आदि लक्षण देखिन्छन् । यो पनि मुटुरोग विशेषज्ञ चिकित्सकसँग सम्पर्क गरी लामो समय औषधि खानुपर्ने अवस्था हो । यद्यपि प्रारम्भिक अवस्थाको हलुका न्यून रक्तचापलाई औषधि नखाई खानपिनबाट पनि सामान्य बनाउन सकिन्छ । जहाँसम्म यौन जीवनसँग न्यून रक्तचापको सम्बन्ध छ, त्यो उच्च रक्तचापमा भन्दा केही फरक हुन्छ ।

उच्च रक्तचापमा शरीर शिथिल नहुने भएकोले यौन चाहना प्रबल हुन्छ तर न्यून रक्तचापमा शरीर नै शिथिल हुने र जाँगर, स्फूर्ति नहुनाले त्यसको प्रभाव यौन चाहनामा पर्न जान्छ, जसले गर्दा यौन चाहना र उत्तेजना दुवैमा ह्रास आउँछ । अझ न्यून रक्तचाप भएका महिलाहरु त शरीरमा शिथिलताको कारण यौन संसर्गदेखि टाढै रहन रुचाउँछन् ।न्यून रक्तचापबाट यौन जीवनमा प्रभाव पर्न नदिन रक्तचापलाई न्यूनबाट सामान्य बनाउनु उत्तम हो । यसको लागि खानपिनमा ध्यान दिने, नुनिलो खानेकुरा खाने, झोल पदार्थ र सन्तुलित आहार पर्याप्त मात्रामा खाने, फलफूलमा अनार विशेष फाइदाजनक मानिन्छ । कमजोरी महसुस भएको बेलामा जीवनजल, चिकेन सुप पिउने गर्नुपर्दछ ।

उच्च रक्तचाप भएका व्यक्तिले शरीरबाट पसिना र पिसाब बढी निकाल्नुपर्छ भने न्यून रक्तचाप भएकाले धेरै पसिना, पिसाब निकाल्नुहुँदैन । उच्चमा जस्तै न्यून रक्तचाप हुनेहरुले खाने नियमित औषधिबाट पनि यौन क्षमतामा प्रतिकूल असर पर्ने गरेको पाइन्छ । त्यो भनेको पुरुषमा लिङ्ग शिथिल हुने र स्खलन (इज्याकुलेसन) सन्तोषजनक नहुने नै मुख्य हो भने महिलामा योनि सुक्खा हुने, त्यसले गर्दा यौनक्रियामा पीडा हुने र चरमोत्कर्षको अनुभव नहुनु हो ।रक्तचाप न्यून हुँदा मात्र होइन शरीरमा सोडियम, हेमोग्लोबिन, भिटामिन बी, डी, आइरन आदि न्यून हुँदा पनि त्यसको प्रभाव यौन जीवनमा पर्दछ । तसर्थ वास्तविक कारण पत्ता लगाएर त्यसको समाधान गरिएमा यौन जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

अन्त्यमा,

रक्तचाप उच्च वा न्यून जे भए पनि त्यसले पुरुष र महिला दुवैको यौन जीवनमा केही असर पार्छ नै । यो व्यक्तिको उमेरमा पनि निर्भर गर्दछ । रक्तचाप भएको व्यक्तिलाई आफ्नो यौन जीवनमा केही असर परेको अनुभव भयो भने आफ्नो चिकित्सकसँग निर्धक्क र खुलस्तसँग सबै बताउनुपर्छ ।

आफैंले रक्तचापको औषधि खान छोड्ने, यौनशक्ति बढाउने भनेर नाना थरीका उपाय गर्ने, निराश भएर आफ्नो यौन साथीसँग टाढिने आदि मूर्खता कदापि गर्नुहुँदैन । रक्तचापको समस्या भएका मानिसहरुले यौन संसर्ग गर्नै हुँदैन भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्छ । हरेक व्यक्तिले आफ्नो समग्र स्वास्थ्यलाई तन्दुरुस्त अवस्थामा राख्न हरसम्भव प्रयत्न गर्नुपर्दछ । यौनमा मात्र केन्द्रित भएर स्वास्थ्यका अन्य पक्षलाई बेवास्ता गरेमा पछि पछुताउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्