वसिमले कोकिन लिएको खुलासा

0
Shares

कराची, (एजेन्सी) ।

पाकिस्तानका चर्चित बलर वसिम अकरमले क्रिकेट करियरबाट संन्यास लिएपछि कोकिनको लत लागेको खुलासा गरेका छन् । उनको अटोबायोग्राफीमा उनले यस कुराको उल्लेख गरेका हुन् । हाल ५६ वर्षमा लागेका वसिमले लेखेका थिए—कोकिनको लतको कारण मेरो पहिलो श्रीमतिसँग सम्बन्ध खराब भएको थियो र उनीसँग झुटो बोल्न पनि थालेका थिए ।

केही दिनमै वसिमको सुल्तान ए मेमिओर नामको जीवनी प्रकाशित हुन गइरहेको छ । यस पुस्तकमा वसिमले उनको क्रिकेटिङ करियरका साथै निजी जीवनको विषय पनि समेटिएका छन् । उनले लेखेका थिए—मैले पहिलो पटक इंग्ल्यान्डको एक पार्टीको बेला ड्रग्स लिएको थिएँ । शुरुवातमा मैले कोकिनको एक सर्को तानेको थिएँ । फेरि एक दुई, तीन..पछि कहिले यो एक ग्राममा परिणत भयो मलाई थाहा नै भएन ।

नशाको लत निकै हावी भएको पनि वसिमले लेखेका थिए । एक समयमा कोकिनविना बस्न नसक्ने भएको पनि उनले स्विकार गरेका थिए । तर, पहिलो श्रीमत हुमाको २००९ मा निधनपछि सबै थोक परिवर्तन भएको र कोकीन कहिल्यै नलिने प्रण लिएको उनले बताए ।

पुस्तकको एक अंशमा वसिमले लेखेका थिए—मलाई पार्टीमा जान मनपथ्र्यो । दक्षिण एसियाको संस्कृति नै यस्तो छ कि पार्टीमा स्वयं तानिने गर्छ । एकै रात १० पार्टी पनि हुने गथ्र्यो । यही कारण हो कि यी पार्टीले मलाई दुष्प्रभाव पा¥यो । मेरो प्रसिद्धि नै मेरो लागि खतरनाक सावित हुन लागेको थियो ।

उनले लेखेका थिए—कोकिनले मलाई अस्थिर बनाएको थियो । यसले मलाई धोखेबाज बनाइदिएको थियो । श्रीमती हुमा यस समयमा एक्ली हुन्थिन् । उनी इंग्ल्यान्डबाट कराची जान चाहन्थिन् । उनको यो सबबाट टाढा भएर उनका आमाबुबासँग रहने चाहना थियो । तर, म भने यो चाहेका थिएन ।

९ सय भन्दा बढी विकेट

वसिमले सन् २००३ मा संन्यास लिन अघिसम्म वानडे र टेस्टमा गरी ९ सय भन्दा बढी विकेट लिएका छन् । उनी पाकिस्तानका महान बलरमध्ये एक पनि हुन् ।

उनले क्रिकेटबाट संन्यास लिएपछि कमेन्ट्रीतिर लागेका थिए । वसिमले सन् १९८४ मा अन्तर्राष्ट्रिय करियरमा डेब्यु गरेका थिए । उनले १ सय ४ टेस्ट र ३ सय ५६ वानडे खेलेका थिए । उनले विश्वकप १९९२ मा जितेका थिए ।वसिमले पाकितानी टोलीको कप्तानी पनि गरेका थिए । उनले १९९३ र २००० बीचमा पाकिस्तानी टोलीको २५ टेस्टमा र १ सय ९ वानडेमा नेतृत्व गरेका थिए ।

चलचित्रमा वसिम

वसिम ठूलो पर्दामा पनि छिटै देखिने भएका छन् । मनी बंैंक ग्यारेन्टी नामक चलचित्रमा उनी देखा पर्दैछन् । यो चलचित्र अर्को वर्ष २१ अप्रिलमा रिलिज हुने पनि जनाएको छ । यसको टिजर भने रिलिज भइसकेको छ ।