शताब्दी पुरुष टीकादत्तद्वारा उम्मेदवारी

0
Shares

काठमाडाैं  । 

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि टीकादत्त पोखरेलले उम्मेदवारी दर्ता गाएकाे छन् ।

गोरखा २ मा प्रतिनिधि सभा उम्‍मेदवार रहेका टीकादत्त पोखरेल आज १०० वर्ष पुगेका छन्। आज उनको जन्मदिन हो। उनी गत असोज २३ मा उम्मेदवारी दिँदा ९९ वर्षका थिए। टीकादत्त नेपाली कांग्रेस (बिपी) बाट गोरखा २ मा उम्मेदवार छन्।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट अब्दुस मियाँ उम्मेदवार छन्।

दीकादत्त गोरखाको सिरानचोक गाउँपालिका ४ छोप्राकस्थित माझगाउँबेशीका हुन्। उनी लामो समय कांग्रेस थिए। ३ वर्षअघि कांग्रेस छाडेका उनी कांग्रेस बिपीमा सक्रिय छन्। जनताले चाहेजस्तो परिवर्तन नआएकोले परिवर्तन ल्याउन आफू यो उमेरमा पनि चुनावी मैदानमा उत्रिएको टीकादत्त बताएका छन् ।