मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0
Shares

धनुषा।

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिक–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नंको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प७९७५ नंको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।