टीकापुरमा एक युवती मृत फेला

0
Shares

धनगढी।

कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् ।

शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेो प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।