कैलालीको चौमाला बजारमा आगलागी, ४ पसल जले

0
Shares

धनगढी।

कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ। शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको हो।

प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेका छन्।

चार पसल जलेर नष्ट भइसकेको र अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जानकारी दिएको छ। गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको थियोे। अहिले दमकल त्यहाँ पुगेको छ।

गौरीगंगासँग दमकल नभएकाले बढी क्षति भएको बताइएको छ।