‘गणेश प्रवृत्ति’ विरुद्ध एमाले कार्यकर्ता पौडेलको चुनावी अभियानमा

28
Shares

काठमाडौं ।

आउँदो मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको माहौल तीव्र बन्दै गएको छ । दलहरु निर्वाचनको प्रचार प्रसारलाई तीव्र रुपमा अगाडि बढाउँदै लगेका छन् ।

निर्वाचनमा दलीय एजेन्डालाई भन्दा पनि आफ्ना प्रतिद्धन्द्धीलाई कसरी सिध्याउन सकिन्छ भन्ने दाउमा दलहरु लागेको देखिन्छ । २०४६ सालको परिवर्तनपछि दलहरूले केही गर्न नसकेको भन्दै नागरिकमा तीव्र असन्तोष पैदा भएको छ भने दलले पनि राम्रा भन्दा हाम्रालाई काखी च्याप्ने प्रवृत्तिले पार्टी भित्र लामो योगदान गरेका नेता कार्यकर्तालाई पाखा लगाएर गणेश प्रवृत्तिका व्यक्तिलाई टिकट दिँदा तीव्र असन्तोष समेत पैदा भएको देखिन्छ ।

२०४६ सालको परिवर्तन पछि कम्युनिष्टहरुको एकछत्र राज रहेको धादिङ जिल्लाको क्षेत्र नम्बर १ मा यस पटक नेकपा एमालेका नेताहरूले गणेश प्रवृत्तिका व्यक्तिलाई टिकट दिएपछि संघीय निर्वाचनमा समेत असर पर्ने देखिएको छ । धादिङ क्षेत्र नम्बर १ को (क) प्रदेशसभामा टिकट वितरण गर्दा पार्टीका महासचिव शंकर पोखरेलको गलत निर्णयका कारण पार्टीमा विभाजन  आएको छ ।

सो निर्वाचन क्षेत्रमा जिल्ला कमिटी र प्रदेश कमिटीले लामो समयदेखि पार्टीका हरेक क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका नेत्र पौडेललाई सिफारिस गरेको भएपनि पार्टी महासचिव पोखरेलले जिल्ला कमिटी र प्रदेश कमिटीको निर्णयलाई लत्याउदै आफ्नो ठाडो आदेशमा जनतामा घुलमिल नभएका रमेश आर्चायलाई टिकट दिएपछि धादिङ एमाले विभाजित हुन पुगेको छ ।

जनाधार नभएका आर्चायलाई टिकट दिएको भन्दै अधिकांश नेता तथा कार्यकर्ताले विद्रोह गरेका छन् ।
जिल्लामा नेकपा एमाले स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु भएका जगन्नाथ नेपालले विद्रोह गर्नु भएको छ ।

उहाँले नेकपा एमालेलाई अहिलेको अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नु भएका पौडेलको पक्षमा खुलेर लाग्नु भएको छ । उहाँलाई पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएको छ । उहाँ जस्तै हजारौँ एमाले नेता तथा कार्यकर्ता अहिले पौडेलको पक्षमा मत माग्दै हिँड्नुले पनि पौडेलको लोकप्रियता कति रहेछ भन्ने आकलन गर्न सकिन्छ ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पौडेलले अहिले बिजुलीको चिम चुनाव चिन्ह लिएर गाउँ गाउनमा पुग्नु भएको छ । गाउँ गाउँमा जनताको घर दैलोमा रहनु भएका पौडेललाई एमालेका नेता कार्यकर्ता र शुभेच्छुकले पार्टीले अन्याय गरेपनि हामी न्याय गछौं भन्दै उहाँलाई हौसला दिने काम जनताले गरिरहेका छन् ।

झन्डै ४० वर्ष देखि पार्टी राजनीतिमा सक्रिय रहनु भएका पौडेललाई अन्याय गर्ने पार्टी नेतृत्वका कारण सो क्षेत्रमा एमालेको विरासत गुम्ने खतरा बढ्दै गएको छ । जसका कारण संघीय निर्वाचनमा समेत असर गर्ने देखिन्छ । नेकपा एमालेका आधिकारिक उम्मेदवार भनिएका आर्चायको उम्मेदवार मनोनयनका बेला समर्थक बसेका थाक्रे गाउँपालिका पार्टी अध्यक्ष कृष्ण पन्तले समेत विद्रोह गरेर पौडेलको पक्षमा उभिएपछि आर्चाय समूह अहिले बिलखबन्धनमा परेको छ ।

नेकपा एमालेको बलियो पकड रहेको गल्छी, थाक्रे गाउँपालिका र धुनिवेसी नगरपालिका प्रदेश (क) अन्तर्गत पर्दछ । १३ वटा स्थानीय निकाय मध्ये नेकपा एमालेले २ वटा अध्यक्ष जितेको क्षेत्र पनि यही नै पर्दछ ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा समेत सिफारिसमा परेका पौडेलको टिकट खोसेर विजयी बनेका राजेन्द्र पाण्डे पार्टी विभाजन पछि माधव नेपालमा समूहमा लागेर अहिले सोही क्षेत्रबाट संघीय निर्वाचन लडेका छन् ।

पटक पटक नेतृत्वको पेलाईमा परेका पौडेलले भने यस पटक जनताबाट न्यानो माया पाएकाले पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर निर्वाचन जित्ने दाउमा रहेका छन् । पार्टी भित्रको आन्तरिक द्वन्द्वको फाइदा लिने दाउमा विपक्षी रहेका छन् ।

संघीय संसदका लागि उम्मेदवारी दिनु भएका नेकपा एमालेका नेता भूमि त्रिपाठी अहिले अफ्ठेरोमा परेका छन् । जनताको इच्छा विपरीत केन्द्रले आर्चायलाई प्रदेशको टिकट दिएपछि त्रिपाठीलाई समेत चुनाव के हुने हो भन्ने आशंका पैदा गराइदिएको छ ।

अघिल्लो स्थानीय निकाय निर्वाचनमा पनि पार्टीले गाउँ पार्टी कमिटी अध्यक्ष कृष्ण पन्तलाई टिकट दिएको भएपनि रामकुमार आर्चायले बालकोटको हवाला दिएर पन्तको टिकट खोस्न सफल भएका थिए । यस पटक पनि उनकै छोरा रमेशले पौडेलको टिकट खोसेर ल्याउन सफल भएका थिए ।

बाबु छोराको मात्र पार्टी हो भन्दै कार्यकर्ताले विद्रोह गरेपछि आर्चाय अहिले निरीह बनेर चुनावमा होमिएका छन् । सो क्षेत्रका एमाले नेताहरू जगन्नाथ नेपाल, उद्धव लुइँटेल, कृष्ण पन्त, रामेश्वर कार्की, गोकर्ण रुपाखेती लगायतको समूह अहिले विद्रोह गरेर पौडेलको पक्षमा चुनावी मैदानमा खटिएका छन् ।

आर्चाय बालकोटको सहारा लिएर पौडेलको उम्मेदवारी निष्क्रिय पार्ने दाउमा रहेका छन् तर एमाले जनहरूले यस पटक बालकोटको कुरा सुन्ने पक्षमा आफूहरू नरहेको विवादित छवि भएका आर्चायलाई कुनै हालतमा सहयोग नगर्ने भन्दै पौडेलको चुनावी अभियानमा लाग्ने बताउँदै आएका छन् । तीन सूर्य एक बिजुलीको चिम भन्दै गाउँ गाउनमा एमालेका नेता कार्यकर्ता भोट माग्न व्यस्त छन् ।