जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

0
Shares

काठमाडौं।

नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपियाँ, १५ बुक तास र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।