बार्सिलोना च्याम्पियन्स लिगबाटै बाहिरियो

0
Shares

काठमाडौं ।

स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३.० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यससँगै अब बार्सिलोनाले युरोपा लिग खेल्नेछ ।

बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे । जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्‍यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।